काठमाडौं । नेपाल सितोरियो कराते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।
संघले मंगलबार एरिकालाई १ लाख तथा उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मान गर्यो ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासंघका उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह र महासंघका महासचिव दावा लामाले उनीहरूलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् । नेपालले पहिलो पटक सिरिज वान पदक जितेको हो ।
सोही अवसरमा संघले इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरेको थियो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
