फाल्गुन २०, २०८२ बुधबार | १३:०८:१०
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

एरिका गुरुङ सम्मानित

काठमाडौं । कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङ तार्केश्वर नगरपालिकाबाट नगदसहित सम्मानित भएकी छन् ।

तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन,  उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरे । कार्यक्रममा वडा-२ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतको उपस्थिति रहेको थियो ।

मोरक्कोको राबतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौल समूहमा कांस्य पदकका लागि भएकाे भिडन्तमा एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पराजित गरेकी थिइन् । उनी यो प्रतियोगितामा पदक जित्ने एकमात्र नेपाली खेलाडी हुन् ।

एरिकाले सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेलिन् । तर उनी सेन्सुका आधारमा पराजित हुन पुगिन् ।

त्यसअघि एरिकाले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई पराजित गरेकी थिइन् ।

यो कराते लिग इभेन्टमा विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । यसमा हरेक विधामा विश्वभरबाट उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागी हुन पाउनेछन् ।

विश्व कराते महसंघको आयोजनामा हुँदै आएको यो प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||