माघ ४, २०८२ आइतबार | ०६:२२:१९
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई सगरमाथाको चुचुरोमा सम्मान

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर अंकित ब्यानर सगरमाथाको चुचुरोमा फहराइएको छ ।

कराते खेलाडी कुन्जाङ छोपेल शेर्पाले सगमाथाको चुचुरोमा  तस्विर पुर्याएर मन्डेकाजीलाई सम्मान गरेकी हुन् ।

नेपाल प्रहरीमा कार्यरत कुन्जाङले गत साता सगमाथको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथा ओरहण गर्ने पहिलो कराते खेलाडी तथा महिला प्रहरी हुन् ।

बिहीबार काठमाडौं आइपुगेकी कुन्जाङलाई नेपाल प्रहरीले त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरेको थियो ।

बौद्ध डोजोकी खेलाडी कुन्जाङले मन्डेकाजीकाे तस्विरसहित नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर तथा ‘महिलाविरुद्धको हिंसालाई अन्त्य गरौं’ भन्ने नारासहितको ब्यानर पनि सगरमाथाको चुचुरोमा पुर्याएकी थिइन् ।

सगरमाथाको सफल आरोहण पछि शेर्पालाई प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई)  मा बढुवा गरिएको हो ।

को हुन् मन्डेकाजी श्रेष्ठ ?

भक्तपुरको मध्यपुर थिमीका स्थानिय बासिन्दा मण्डेकाजी करातेमा लागेको तीन दशक पुग्न आँटिसकेको छ । सानैदेखि यो खेलमा लागेका उनले सन् २०१९ मा घरेलु भूमिमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)  मा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका थिए ।

उनले सागमा एकल र टिम काताका स्वर्ण पदक जितेका थिए । उनले अन्य धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाललाई पदक दिलाइसकेका छन् ।

यसैगरी मण्डेकाजीले मध्यमाञ्चल तथा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दा राष्ट्रियस्तरका धेरै प्रतियोगितामा पदक जितेका छन् । उनी अहिले प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।  

अब फेरिएको भूमिकामा पनि मन्डेकाजी उत्तिकै अब्बल रूपमा प्रस्तुत भइरहेका छन् । मन्डेकाजीसँगै राजेश श्रेष्ठ र केदार सिंखडाको प्रशिक्षणमा नेपाल प्रहरीले नेपाली करातेमा पछिल्लो समय एकछत्र राज गरिरहेको छ ।

मण्डेकाजीले राष्ट्रिय टोलीमा पनि प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate