माघ ४, २०८२ आइतबार | ०६:२१:२२
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

बाबुकै पदछाप पछ्याउँदै मिष्टी श्रेष्ठ

दोहोरो स्वर्ण पदकका साथ मिष्टी श्रेष्ठ ।

काठमाडौं । नेपाली करातेमा मण्डेकाजी श्रेष्ठ चिरपरित नाम हो । उनले सन् २०१९ मा घरेलु भूमिमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुल (साग) मा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका थिए ।

उनले सागमा एकल र टिम काताका स्वर्ण पदक जितेका थिए । उनले अन्य धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाललाई पदक दिलाइसकेका छन् ।

विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दा थुप्रै घरेलु प्रतियोगितामा पदक जितेका श्रेष्ठ अहिले प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।  

अब फेरिएको भूमिकामा पनि मन्डेकाजी उत्तिकै अब्बल रूपमा प्रस्तुत भइरहेका छन् । मन्डेकाजीसँगै राजेश श्रेष्ठ र केदार सिंखडाको प्रशिक्षणमा नेपाल प्रहरीले नेपाली करातेमा पछिल्लो समय एकछत्र राज गरिरहेको छ ।

पहिलो स्वर्ण जितेपछि मिष्टी श्रेष्ठ । 

नेपाली अब्बल  कराते खेलाडी उत्पादनमा लागिरहेका मण्डेकाजीकी छोरी मिष्टी श्रेष्ठ पनि यही खेलमा आफ्नो भविष्य बनाउने प्रयासमा छिन् ।

हुने विरुवाको चिल्लो पात भने झै मिष्टीले विद्यालयस्तरका विभिन्न प्रतियोगितामा आफूलाई अब्बल साबित गरिसकेकी छन् । उनी पनि बाबुकै पदछाप पछ्याइ रहेकी छन् ।

भक्तपुरको माउन्ट सिनाइ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यायनरत १४ वर्षिय मिष्टीले पनि आफूलाई सम्भावना बोकेको खेलाडीका रूपमा स्थापित गराएकी छन् । 

मिष्टीले भर्खरै सम्पन्न माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन् ।

दोहोरो स्वर्ण पदकका साथ मिष्टी श्रेष्ठ । 

उनले १४-१५ उमेर समूहमा कुमुते ५३ केजी तथा एकल कतामा स्वर्ण पदक जितेकी हुन् ।मिष्टीको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate