काठमाडौं । दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ६ स्वर्ण र दुई रजत गरि आठ पदक जितेकाे छ ।
नेपाल सितोरियो कराते संघका सचिव तथा टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण पदक जिते ।
अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले रजत पदक हात पारे । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका थिए ।
टोली मंगलबार स्वदेश फर्किदैछ । प्रतियोगितामा नेपालसहित भारत, युएई, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलंका, फिलिपिन्स, र बंगलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी गराए ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
