चार सदस्यीय वादोरियो कराते टोली नर्वे जाने

काठमाडौं। नेपाल वादोरियो कराते डो संघको टोली वादोरियो करातेको तेस्रो ग्रान्ड मास्टर हिरोनोरी ओत्सुकाबाट हुने विशेष सेमिनारमा सहभागी हुन नर्वे नर्वे भएको छ।

वादोरियो कराते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको चार सदस्यीय टोली नर्वे जान लागेको हो ।

टोलीले मे २५ र २६ तारिखमा हुने विशेष सेमिनारमा सहभागिता जनाउनेछ ।

अध्यक्ष केसीसँगै प्रशिक्षक सिमोन खत्री, टिम मेनेजर सुमन तिम्सिना र प्रशिक्षक विनोद तामाङसहितको टोलीलाई राखेपका उपाध्यक्ष शिव कोइराले बिदाइ गरे।

उक्त प्रशिक्षण कार्यक्रम पश्चात  प्रशिक्षक विनोद तामाङ नेदरल्यान्डमा हुने १४औं रोटरड्याम कप इन्टरनेशनल टुर्नामेन्टमा सहभागी हुने अध्यक्ष केसीले जानकारी दिए।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar