मंसिर १९, २०८१ बुधबार | १३:५८:५५
पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं

पोखराको खराब सुरुआत, पावरप्लेमा गुमायो ६ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजविरुद्ध १६२ रनको लक्ष्य पछ्याइरहेको पोखराले खराब सुरुआत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराले ब्याटिङ पावरप्ले सकिँदा ६ विकेट गुमाएर मात्र १६ रन जोडेको छ ।

पोखराले पहिलो र चौथो ओभरमा समान तीन विकेट गुमाएको हो ।

पहिलो ओभरको पहिलो बलमै पाकिस्तानी तीव्र गतिका बलर सोहेल तन्वीरले कुशल भुर्तेललाई पेभिलियनको बाटो देखाए । भुर्तेल रवी बोपाराबाट क्याच भएका थिए । पाँचौं बलमा तेस्रो नम्बरका ब्याटर दिलीप नाथ दीपक बोहराबाट क्याच भए । दिलीप चार बलमा एक चौकाको मद्धतमा चार रन बनाउँदै पेभिलियन फर्किएका हुन् । अर्को बलमा चौथो नम्बरमा आएका बास डि लिडे लुक बेन्केनस्टेइनबाट क्याच भए ।

चौथो ओभरको पहिलो बलमा नेपाली तीव्र गतिका बलर रिजन ढकालले ओपनर दीनेश खरेललाई एलबिडब्ल्युको शिकार बनाए । चौंथो बलमा पाँचौं नम्बरका ब्याटर किरण ठगुन्ना र अन्तिम बलमा छैटौं नम्बरमा आएका माइकल लिस्क पनि एलबिडब्ल्युको शिकार बने ।
 


भिडियो
कर्णालीलाई हराउँदै पहिलो जित निकालेपछि काठमाडौं गुर्खाजका कप्तान करण केसी
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League
लगातार दोस्रो खेल हारेपछि SANDEEP LAMICHANNE : मेरै प्रदर्शन सोचेअनुसार भएन BIRATNAGAR KINGS NPL
Dipendra Singh Airee टस हारे पनि पहिलो खेल जित्यौं, अब यसलाई निरन्तरता दिने हो SUDURPASCHIM ROYALS
ब्याटिङमै समस्या भयो, अझ ३० रन बढि बन्नुपर्थ्यो : Sompal Kami @KarnaliYaks @OfficialNPLT20