मंसिर १९, २०८१ बुधबार | १३:४३:५९
पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं

चितवनको लगातार दोस्रो जित, पोखरालाई ८७ रनले हरायो

काठमाडौं । पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै नेपाल प्रिमियर लिग(एनपिएल)मा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा चितवनलाई जित दिलाउन सोहेल तन्वीर, रिजन ढकाल र लुक बेन्केनस्टेइनले समान तीन विकेट लिए । एक विकेट दीपक बोहराको नाममा रह्यो ।

चितवनले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ं.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र ७४ रन बनाउन सक्यो । पोखराका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका नारायण जोशीले २४ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ३० रन बनाए । त्यस्तै आठौं नम्बरका ब्याटर मार्कस क्रिचलेले १६ बलमा दुई चौकाको मद्धतमा १७ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो र चौथो ओभरमा समान तीन विकेट गुमाएको पोखराले ब्याटिङ पावरप्ले (पहिलो ६ ओभर)मा मात्र १६ रन जोडेको थियो ।

पहिलो ओभरको पहिलो बलमै पाकिस्तानी तीव्र गतिका बलर सोहेल तन्वीरले कुशल भुर्तेललाई पेभिलियनको बाटो देखाए । भुर्तेल रवी बोपाराबाट क्याच भएका थिए । पाँचौं बलमा तेस्रो नम्बरका ब्याटर दिलीप नाथ दीपक बोहराबाट क्याच भए । दिलीप चार बलमा एक चौकाको मद्धतमा चार रन बनाउँदै पेभिलियन फर्किएका हुन् । अर्को बलमा चौथो नम्बरमा आएका बास डि लिडे लुक बेन्केनस्टेइनबाट क्याच भए ।

चौथो ओभरको पहिलो बलमा नेपाली तीव्र गतिका बलर रिजन ढकालले ओपनर दीनेश खरेललाई एलबिडब्ल्युको शिकार बनाए । चौंथो बलमा पाँचौं नम्बरका ब्याटर किरण ठगुन्ना र अन्तिम बलमा छैटौं नम्बरमा आएका माइकल लिस्क पनि एलबिडब्ल्युको शिकार बने ।

सातौं ओभरको दोस्रो बलमा स्पिनर रेमन रीफर बेन्केनस्टेइनको बलमा विपीन कार्कीबाट क्याच भए । बेन्केनस्टेइनले त्यसपछि ११औं ओभरमा क्रिचले र १३औं ओभरको पाँचौं बलमा नारायणलाई पेभिलियनको बाटो देखाए । १४औं ओभरको दोस्रो बलमा दीपकले विपीनको विकेट लिएपछि चितवनले फराकिलो जित हासिल गर्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले इङ्लिस ब्याटर रवी बोपाराको अर्धशतकप्रेरित २० ओभरमा सात विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको थियो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका बोपाराले २३ बलमा समान तीन चौका र छक्काको मद्धतमा ५१ रनको योगदान गरे । त्यस्तै कप्तान कुशल मल्लले समान बलमा एक चौका र चार छक्कासहित ३८ रनको पारी खेले । यसैगरी तेस्रो नम्बरमा आएका ब्याटर लुक बेन्केनस्टेइनले १६, ओपनर हसन इसाखिलले १४,  मध्यक्रमका ब्याटर सन्तोष कार्की र १०औं नम्बरमा आएका शरद भेषवाकरले समान ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । शरद ११ रनमा अविजित रहे ।

पोखराका लागि विपीन खत्री, बास दी लिद र रेमन राइफरले समान दुई विकेट लिँदा सागर ढकालको नाममा एक विकेट रह्यो ।

पहिलो ओभरको अन्तिम बलमै चितवनले पहिलो विकेट गुमाएको थियो । पोखराका स्पिनर विपीन खत्रीको बलमा ओपनर दीपक बोहरा बोल्ड भए । दीपक चार बलमा मात्र दुई रन बनाउँदै पेभिलियन फर्केका थिए ।

पाँचौं ओभरको पहिलो बलमा विपीनले नै पोखरालाई दोस्रो सफलता दिलाए । विपीनको बलमा अर्का ओपनर हसन इसाखिल कप्तान कुशल भुर्तेलबाट क्याच भए । हसनले १० बल खेल्दा एक चौका र एक छक्काको मद्धतमा १४ रन जोडे ।

पावरप्लेको अन्तिम ओभरको दोस्रो बलमा भुर्तेलकै क्याचमा पोखराले तेस्रो सफलता हासिल गर्यो । यसपालि तीव्र गतिका डच बलर बास दी लीदले तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका लुक बेन्केनस्टेइनलाई पेभिलियनको बाटो देखाए ।

तेस्रो विकेटपछि क्रिजमा आएका रवी बोपाराले कप्तान कुशल मल्लसँग मिलेर पारी सम्हाले । २३ बलमा एक चौका र चार छक्काको मद्धतमा ३८ रनको योगदान गरेर पेभिलियन फर्कनुअघि कुशलले बोपारासँग ६८ रनको साझेदारी गरे । चितवनको यो साझेदारी तोड्न पनि भुर्तेलकै हात रह्यो । स्पिनर सागर ढकालको बलमा भुर्तेलले लङ अफमा सुन्दर क्याच गरेका थिए ।

कुशल आउट भएपछि क्रिजमा आएका सन्तोष कार्कीसँग मिलेर बोपाराले २० रनको साझेदारी गरे । यसबीच बोपाराले आफ्नो अर्धशतक प्रहार गरे । जारी प्रतियोगितामा यो पाँचौं अर्धशतक हो । अर्धशतक पूरा गरेलगत्तै दोस्रो बलमा उनी रेमन रीफरको बलमा मार्कस क्रिचलेबाट क्याच हुँदै पेभिलियन फर्के । जतिबेला चितवनले पाँच विकेटको क्षतिमा १३४ रन जोडेको थियो ।

त्यसपछि आएका सोहेल खान खाता नै खोल्न नपाइ आउट भए । उनी डि लिडेको बलमा एलबिडब्ल्युको शिकार बने । १८औं ओभरको अन्तिम ओभरमा चितवनले ११ रनमा रहेका सन्तोष कार्कीलाई गुमायो । उनी रीफरको बलमा विपिनबाट क्याच भए ।

चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुखार्जलाई पाँच विकेटले हराएको थियो । चितवनले अब तेस्रो खेलमा शुक्रबार कर्णाली याक्सको सामना गर्नेछ । पोखराले आफ्नो दोस्रो खेलमा बिहीबार जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

 


भिडियो
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League
लगातार दोस्रो खेल हारेपछि SANDEEP LAMICHANNE : मेरै प्रदर्शन सोचेअनुसार भएन BIRATNAGAR KINGS NPL
Dipendra Singh Airee टस हारे पनि पहिलो खेल जित्यौं, अब यसलाई निरन्तरता दिने हो SUDURPASCHIM ROYALS
ब्याटिङमै समस्या भयो, अझ ३० रन बढि बन्नुपर्थ्यो : Sompal Kami @KarnaliYaks @OfficialNPLT20
विदेशी खेलाडी अझै सघर्ष गरिरहेका छन् : Pubudu Dassanayake Coach Janakpur bolts II NPL