मंसिर १९, २०८१ बुधबार | १४:०२:२१
पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो धवनको अर्धशतक, कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य काठमाडौंविरुद्ध धवनको अर्धशतक पावरप्लेमा कर्णालीले बनायो ३९ रन खाता नै खोल्न नपाई पेभिलियन फर्किए देव कर्णालीविरुद्ध फिल्डिङ गर्दै काठमाडौं एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी, लगातार तेस्रो हार ब्यहोर्न चाहँदैन विराटनगर एनपिएलः पहिलो जितको लक्ष्यमा कर्णाली र काठमाडौं

अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित

जितको खुसीयाली मनाउँदै नेपाली कप्तान हमन्त धामी, तस्विरः क्यान ।

काठमाडौं ।  नेपालले एसिसी यु-१९ एसिया कपमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

सान्त्वना जितसँगै नेपालले तीन खेलमा दुई अंक जोड्यो । तीनै खेलमा पराजित अफगानिस्तान अंकविहिन बन्यो ।

यसअघि दुवै टोली श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए ।

युएईको सारजहा क्रिकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि नरेन साउदले २६, कप्तान हेमन्त धामीले अविजित २२, अर्जुन कुमालले २१ र अशिषेक तिवारीले १३ रन बनाए ।

अफगानिस्तानका लागि अल्लाह घनजफर र खतीर स्तानिकजाइले समान तीन तथा अब्दुल अजिज खान र महबुब खानले समान एक विकेट लिए ।

विकेटको खुसीयाली मनाउँदै नेपाली खेलाडी, तस्विरः क्यान । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल तयार पार्यो ।

अफगानिस्तानका लागि फैसल शिनोजादाले ६७ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी खतीर स्तानिकजाइले १५, बर्खत इब्राहिमजाइले १२, एएम घनजफरले ११ र नासिर खान मारुफखिलले १० रन बनाए ।

नेपालका लागि युनिशविक्रम ठकुरी र सन्तोष यादवले तीन तथा कप्तान हेमन्त धामी र अभिषेक तिवारीले समान दुई विकेट लिए ।


भिडियो
कर्णालीलाई हराउँदै पहिलो जित निकालेपछि काठमाडौं गुर्खाजका कप्तान करण केसी
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League
लगातार दोस्रो खेल हारेपछि SANDEEP LAMICHANNE : मेरै प्रदर्शन सोचेअनुसार भएन BIRATNAGAR KINGS NPL
Dipendra Singh Airee टस हारे पनि पहिलो खेल जित्यौं, अब यसलाई निरन्तरता दिने हो SUDURPASCHIM ROYALS
ब्याटिङमै समस्या भयो, अझ ३० रन बढि बन्नुपर्थ्यो : Sompal Kami @KarnaliYaks @OfficialNPLT20