काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टोली विपक्षीविरुद्ध पहिला ब्याटिङ गर्न मानसिक रूपमा तयार रहेको बताएका छन्
मंगलबार विराटनगर किंग्सविरुद्व जित निकालेपछि दीपेन्द्रले भने, ‘यदी टस हारेको खण्डमा पहिला ब्याटिङ नै गर्नुपर्छ भन्ने थाहा थियो, त्यसैले हामी यसका लागि मानसिक रूपमा तयार थियौं ।’
एनपिएलको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्व ९० रनको सानदार जित दर्ता गरेको थियो
सुदूरपश्चिमले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६।१ ओभरमा ९२ रनमै समेटिएको थियो ।
विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन र अभिनास बोहराले समान तीन विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ५७ रन बनाए । विराटनगरका लागि अनिल खरेलले सर्वाधिक तीन विकेट लिए ।
यसैगरी दीपेन्द्रले प्रतियोगितामा यो जितलाई निरन्तरता दिने बताए । ‘हामीले पहिलो खेलमै जित हात पारेका छौं । यसलाई निरन्तरता दिनेछौं,’ दीपेन्द्रले भने ।