चैत्र १८, २०८२ बुधबार | ०४:०२:३४
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा

सद्भाव आचार्य ।

काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन १७ देखि २१ वर्ष उमेर समुहमा सद्भाव आचार्यले एकल अग्रता लिएका छन् । १-ओभर ६९ को स्कोरमा सद्भावले प्रकृत तामाङलाई तीन स्ट्रोकले पछि पारे ।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगितामा नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले पहिलो र सातौं होलमा बर्डी प्रहार गरे पनि पाँचौं होलको डबल बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । यसपछि १०औं र १४औं होलमा एक/एक सट गुमाए भने १८औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

प्रकृतले ४-ओभर ७२ को स्कोरमा पहिलो दिनको खेल दोस्रो स्थानमा सकाए । उनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाएका थिए । तर यसपपछि लय गुमाए। ब्याक ६-ओभर ४० मा सकाउन बाध्य भए । ७-ओभर ७५ को स्कोरमा स्वप्निल भट्टराई तेस्रो स्थानमा छन् ।

१२ देखि १६ वर्ष उमेर समुहमा इधान्तसिंह साउद १२-ओभर ८० को स्कोरमा शीर्षस्थानमा छन् ।  उनले दिपेश श्रेष्ठलाई चार स्ट्रोकले पछि पारे।

दिपेशले १६-ओभर ८६ स्कोर कार्ड तयार पारे । सिद्धान्त सापकोटा १७-ओभर ८७ सहित तेस्रो स्थानमा छन् ।

यसैगरी गर्ल्स १२-२१ वर्ष उमेर समुहमा अभानी राई २०-ओभर ८८ सहित शीर्षस्थानमा रहिन् । उनले अनभद्धया मल्ललाई १० स्ट्रोकले पछि पारिन् । अनभद्धयाले ३०-ओभर ९८ को स्कोर खडा गरिन् ।

प्रत्येक समूहका विजेताले आगामी अप्रिल २३ देखि २५ सम्म भियतनाममा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा स्थान बनाउने छन् ।

गत नोभेम्बरमा सम्पन्न फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु-२१ तर्फ उपाधि विजेता सद्भाव भने स्वत: छनोट भइसकेका छन् । त्यसैले यस पटक सद्भाव सहित चार नेपाली गल्फरले फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनल खेल्ने अवसर प्राप्त गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो