चैत्र १२, २०८२ बिहीबार | २०:०५:१७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

टिम इभेन्टमा नेपाललाई स्वर्ण

स्पर्ण विजेता राहुल विक र सद्भाव आचार्य (दायाँ) ।

काठमाडौं। नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।

नेपालले बंगलादेश ‘बी’ टिमविरुद्ध १६ स्ट्रोकको फराकिलो जित दर्ता गर्यो । सद्भाव आचार्य र राहुल विकको जोडीले इभन-पार २८८ स्कोर गरे ।

बिहीबार नेपालले १-ओभर १४५ को स्कोर बनायो। पहिलो दिन नेपालले १-अन्डर १४३ स्कोर जोडेको थियो ।

सद्भावले आज ३-अन्डर ६९ को स्कोर निकाल्दा राहुलले ४-ओभर ७६ स्कोर दर्ज गरे।  सद्भावले टिमतर्फ स्वर्ण जितेको यो दोस्रो पटक हो । यसअघि ३६औं संस्करणमा सुवास तामाङसँग  मिलेर उनले स्वर्ण हात पारेका थिए ।

बंगलादेश  ‘बी’ टिमका शफिकुल इस्लाम र रोमन मियाको जोडीले १६-ओभर ३०४ स्कोरसहित रजत पदक हात पार्यो । यो जोडीले आज १०(ओभर १५४ स्कोर गर्यो। शफिकुलले आज ४-ओभर ७६ र रोमनले ६-ओभर ७८ मा खेल सकाए ।

बंगलादेश ‘ए’ का अबु बकर सिद्दिकी र मोहम्मद साहबुद्धिनको जोडीले कास्य पदक प्राप्त गरे । उनीहरुले कुल १८-ओभर ३०६ को स्कोर बनाए ।

नेपाल नम्बर एक सद्भाव आचार्य व्यक्तिगत स्पर्धामा ३६ होलको समाप्तीमा घरेलु खेलाडी मोहम्मद साहबुद्धिनलाई आठ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै छन् । पहिलो दिनका लिडर सद्भावले दोस्रो दिन पनि ३-अन्डर ६९ स्कोर निकाले ।

सद्भावले आज १०औं होलबाट खेलको सुरुआत गरेका थिए । उनले १० र ११औं होलमा एक-एक सट बचाउँदै राम्रो सुरुआत। तर १४औं होलमा एक सट खेर फाले । १७औं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे ।

त्यसपछि तेस्रो होलमा बर्डी प्रहार गरे पनि सद्भावले चौथो होलमा डबल बोगीको सामना गरे ।  पाँचौं र नवौं  होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।  

साहबुद्धिनले समग्रमा २-ओभर १४६ स्कोर तयार पारेका छन् । उनले आज २-ओभर ७४ को स्कोर निकाले । श्रीलंकाका चुलिथा पुष्पिका तेस्रो स्थानमा छन् । उनले आज ३-ओभर ७५ खेल्दै समग्रमा ५-ओभर १४९ स्कोर गरे ।

नेपालका राहुल विक र बंगलादेशका शफिकुल इस्लाम ६-ओभर १५० सहित संयुक्तरुपमा चौथो स्थानमा छन् । उनीहरुले आज समान ४-ओभर ७६ को प्रदर्शन गरे ।

३६ होलको समाप्तीमा २९-ओभर सम्म खेलेका ५२ गल्फरले कट बनाएका छन् । प्रतियोगितामा कुल १०० खेलाडीको सहभागीता थियो।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो