माघ १६, २०८२ शुक्रबार | १८:४७:५७
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

टिम इभेन्टमा नेपाललाई स्वर्ण

स्पर्ण विजेता राहुल विक र सद्भाव आचार्य (दायाँ) ।

काठमाडौं। नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।

नेपालले बंगलादेश ‘बी’ टिमविरुद्ध १६ स्ट्रोकको फराकिलो जित दर्ता गर्यो । सद्भाव आचार्य र राहुल विकको जोडीले इभन-पार २८८ स्कोर गरे ।

बिहीबार नेपालले १-ओभर १४५ को स्कोर बनायो। पहिलो दिन नेपालले १-अन्डर १४३ स्कोर जोडेको थियो ।

सद्भावले आज ३-अन्डर ६९ को स्कोर निकाल्दा राहुलले ४-ओभर ७६ स्कोर दर्ज गरे।  सद्भावले टिमतर्फ स्वर्ण जितेको यो दोस्रो पटक हो । यसअघि ३६औं संस्करणमा सुवास तामाङसँग  मिलेर उनले स्वर्ण हात पारेका थिए ।

बंगलादेश  ‘बी’ टिमका शफिकुल इस्लाम र रोमन मियाको जोडीले १६-ओभर ३०४ स्कोरसहित रजत पदक हात पार्यो । यो जोडीले आज १०(ओभर १५४ स्कोर गर्यो। शफिकुलले आज ४-ओभर ७६ र रोमनले ६-ओभर ७८ मा खेल सकाए ।

बंगलादेश ‘ए’ का अबु बकर सिद्दिकी र मोहम्मद साहबुद्धिनको जोडीले कास्य पदक प्राप्त गरे । उनीहरुले कुल १८-ओभर ३०६ को स्कोर बनाए ।

नेपाल नम्बर एक सद्भाव आचार्य व्यक्तिगत स्पर्धामा ३६ होलको समाप्तीमा घरेलु खेलाडी मोहम्मद साहबुद्धिनलाई आठ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै छन् । पहिलो दिनका लिडर सद्भावले दोस्रो दिन पनि ३-अन्डर ६९ स्कोर निकाले ।

सद्भावले आज १०औं होलबाट खेलको सुरुआत गरेका थिए । उनले १० र ११औं होलमा एक-एक सट बचाउँदै राम्रो सुरुआत। तर १४औं होलमा एक सट खेर फाले । १७औं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे ।

त्यसपछि तेस्रो होलमा बर्डी प्रहार गरे पनि सद्भावले चौथो होलमा डबल बोगीको सामना गरे ।  पाँचौं र नवौं  होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।  

साहबुद्धिनले समग्रमा २-ओभर १४६ स्कोर तयार पारेका छन् । उनले आज २-ओभर ७४ को स्कोर निकाले । श्रीलंकाका चुलिथा पुष्पिका तेस्रो स्थानमा छन् । उनले आज ३-ओभर ७५ खेल्दै समग्रमा ५-ओभर १४९ स्कोर गरे ।

नेपालका राहुल विक र बंगलादेशका शफिकुल इस्लाम ६-ओभर १५० सहित संयुक्तरुपमा चौथो स्थानमा छन् । उनीहरुले आज समान ४-ओभर ७६ को प्रदर्शन गरे ।

३६ होलको समाप्तीमा २९-ओभर सम्म खेलेका ५२ गल्फरले कट बनाएका छन् । प्रतियोगितामा कुल १०० खेलाडीको सहभागीता थियो।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।