कार्तिक २१, २०८२ शुक्रबार | ०१:२१:४१
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय

सद्भावलाई स्वागत गरिँदै ।

काठमाडौं । फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलअन्तर्गत यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य स्वदेश फर्किएका छन् ।

सद्भावलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीले स्वागत गरे ।

नेपाली खेलाडीले फाल्डो सिरिजअन्तर्गत ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो । 
 सद्भाव ओभरलतर्फ भने दोस्रो भएका थिए ।

युएई आबुधाबीस्थित अल आइन इक्वेसटेरियन, सुटिङ एन्ड गल्फ क्लबमा भएको प्रतियोगितामा समग्रमा ५-अन्डर २०५ स्कोर गर्दै सद्भाव च्याम्पियन बनेका थिए । उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई दुई स्ट्रोकले पछाडि पारेका थिए ।

सद्भावसँगै नेपालबाट जयवीर आचार्य र आईसटिना टण्डनले पनि सहभागिता जनाएका थिए ।

गत अप्रिलमा नेपालमा भएको फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा आ–आफ्नो क्याटगरीमा पहिलो हुँदै उनीहरु ग्रान्ड फाइनलमा छनोट भएका थिए ।

युएईमा युरोप, मिडल इस्ट, र एसियाबाट ७० जुनियर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

यो प्रतियोगिताबाट एमेच्योर गल्फ वरियतामा अंक जोडिने छ । साथै सन् २०२५ को एसिया ग्रान्ड फाइनल, जुनियर दुबाई डेसर्ट क्लासिक र अनिका इनभिटेसनल युरोपको छनोट प्रतियोगिता पनि हो ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?