फाल्गुन २६, २०८२ मंगलबार | १४:५८:४२
भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र

केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो

काठमाडौं । नेपाली खेलकुद सामग्रीको क्षेत्रमा स्थापित नाम ’केल्मी’ को भक्तपुरस्थित राधेराधे शाखाले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले भर्खरै सम्पन्न एनभिए च्याम्पियनसिपको महिलातर्फको विजेता टोली न्यु डायमण्ड स्पोट्र्स क्लबसहित अन्य विधाका खेलाडीहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा एनभिए विजेता न्यु डायमण्डका खेलाडीहरूलाई विशेष सम्मान गरिनुका साथै दुईजना महिला फुटबल खेलाडी र तीनजना ब्याडमिन्टन खेलाडीहरूलाई खेलकुद ‘किट्स’ प्रदान गरिएको थियो ।

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सन् २०१७ देखिको निरन्तर प्रयासले आज यो सफलता मिलेको बताए । रंगशालामा नेपाली खेलाडीहरूले खेल पोशाकको गुणस्तरमा भोग्नुपरेको समस्या देखेपछि अन्तर्राष्ट्रिय स्तरको ‘ला लिगा’ र ‘प्रिमियर लिग’ जस्तै गुणस्तरीय पोशाक नेपाल भित्र्याउने सोच पलाएको उनले स्मरण गरे ।

न्यौपानेले भने, ‘सन् २०१८ मा आधिकारिक विक्रेताको रूपमा फुटबलबाट सुरु भएको केल्मी अहिले क्रिकेट, भलिबल, मार्सल आट्र्स लगायतका सबै खेलसम्म पुग्न सफल भएको छ। हामी केवल व्यापारका लागि मात्र नभई नेपाली खेल र खेलाडीको सम्मानका लागि पनि उत्साहित छौं ।’

भक्तपुर आउटलेटका सञ्चालक ईश्वर गुबाजुले केल्मीका सबै शाखाहरूले आफ्नो आम्दानीको निश्चित हिस्सा खेलकुद र खेलाडीहरूको हितमा खर्च गर्दै आएको जानकारी दिए । ‘हामीले वार्षिकोत्सवको खुसीयाली खेलाडीहरूलाई प्रोत्साहन र सम्मान गरेर मनाउने परम्परा बसाएका हौं,’ गुबाजुले भने।

नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरले बजारमा धेरै ब्राण्ड भए पनि खेलकुद क्षेत्रमा केल्मीको योगदान र गुणस्तर अतुलनीय रहेको बताइन् । विगत पाँच वर्षदेखि केल्मीको प्रायोजनमा रहेको न्यु डायमण्ड स्पोट्र्स क्लबका मुख्य प्रशिक्षक कुमार राई, सहायक प्रशिक्षक ललिता नाथ र खेलाडी सलिना श्रेष्ठले केल्मीले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे । एनभिए च्याम्पियनसिप जितेपछि पाएको यो सम्मानले टिमलाई थप ऊर्जा प्रदान गरेको उनीहरूको भनाइ थियो ।

हाल केल्मीले नेपालका विभिन्न राष्ट्रिय टोली, क्लब र व्यक्तिगत खेलाडीहरूलाई प्रायोजन गर्दै नेपाली खेलकुदको व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||