पुस २१, २०८२ मंगलबार | ०७:४२:२४
विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी

लमजुङमा फुटबल यात्रीको क्याम्प

काठमाडौं । देशका विभिन्न भागहरुमा ग्रासरुट फुटबल र खेलकुद शिक्षा प्रवद्र्धन गरिरहेको फुटबल यात्रीले सोमबार लमजुङमा ‘फुटबल क्याम्प’ सम्पन्न गरेको छ ।

आधारभूत फुटबल प्रशिक्षण र सीप विकासमा केन्द्रित यस क्याम्पमा स्थानीय विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।

फुटबललाई दुर्गम र सुविधाबाट वञ्चित क्षेत्रहरुका बालबालिका/युवा खेलाडीहरुसम्म पुर्याउन फुटबल यात्रीको राष्ट्रव्यापी पहलअन्तर्गत लमजुङ क्याम्प सम्पन्न भएको हो ।

क्याम्पका दौरान राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले सामान्य प्रशिक्षण गराएका थिए । क्याम्पमा टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवास न्यौपानेको पनि उपस्थिति थियो ।

संस्थाले ग्रासरुट स्तरमा सम्भावित प्रतिभा पहिचान गर्दै बालबालिकाहरुलाई फुटबल र अन्य खेलहरुमा लाग्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

फुटबल यात्रीले गत वर्षदेखि नेपालभरि खेलकुद प्रवर्द्धन, प्रतिभा पहिचान र फुटबल अनुसन्धानलगायतको उद्धेश्यका साथ फुटबल क्याम्पहरु सञ्चालन गर्दै आएको छ । हालसम्म, संस्थाले सिन्धुपाल्चोक, धादिङ, झापा, नुवाकोट, जुम्ला, सुर्खेत, मुगु, बाँके र कैलाली लगायत धेरै जिल्लाहरूमा शिविरहरू सम्पन्न गरिसकेको छ।

पछिल्लो पटक अश्विनमा फुटबल यात्रीले मुस्ताङको जोमसोङमा क्याम्पको आयोजना गरेको थियो ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA