माघ २, २०८१ बुधबार | १२:४५:५५
खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार

पहिलो दिन भुवन नगरकोटी अगाडी

तस्बिर सौजन्यः एनपिजिए

काठमाडौं । भुवन नगरकोटीले मंगलबार रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)को कोर्समा इभनपार ६८ को स्कोर गर्दै सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनमा पहिलो दिन शीर्षस्थानमा पकड जमाएका छन् ।

पहिलो दिन शीर्ष स्थानमा रहन भुवनले रवि खड्का, भुवनकुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । रवि, भुवन र निरजले एक ओभर ६९ खेले ।

दुई ओभर ७० को नतिजामा पूर्णप्रसाद शर्मा, धनबहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतीले संयुक्तरुपमा पाँचौं स्थान बाँडे । पशुपती शर्मा ३ ओभर ७१ को स्कोरका साथ दशौं स्थानमा  छन् ।

दिनको सुरुआत बर्डीबाट गरे पनि लगत्तैको होलमा भुवन नगरकोटीले एक सट खेर फालेका थिए । तेस्रो र नवौं होलमा पनि बुगी सामना गर्दा उनको फ्रन्ट नाइन सुखद हुन सकेन । बाँकी होलमा इभनपार खेलेका उनको स्कोर पहिलो ९ होलमा २ ओभर ३६ थियो ।

तर ब्याक नाइनमा सम्हालिने क्रममा उनले लगातार १०, ११ र १५औं होलमा बर्डी प्रहार गरे । त्यसका विरुद्ध १७औं होलमा बुगी सामना गरे पनि उनको ब्याक नाइन स्कोर २ अन्ढर ३२ भयो ।

दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन ४ ओभर ३८ को स्कोरमा चित्त बुझाएका रविले १२, १३ र १७औं होलमा बर्डी खेलेर ब्याक नाइनमा ३ अन्डर ३१ स्कोर गरे ।

भुवन रोक्काले पहिलो र तेस्रो होलमा बोगी खेपे पनि दोस्रो, चौथो र पाँचौ होलमा बर्डी खेले । सातौं होलमा दुई सट खेर फालेका उनले ब्याक नाइनमा भने सबै होलमा इभनपार खेले ।

निरजले दोस्रो होलमा बर्डी प्रहार गरे भने ५ पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे । तर तेस्रो र नवौं होलमा एक/एक सट खेर फाल्दै फ्रन्ट नाइन १ अन्डर ३३ मा सकाएका उनले ११औं होलमा डबल बोगी खेपे भने १३औं होलमा एक सट खेर फाले । १६औं होलको बर्डीले उनको ब्याक नाइन स्कोर २ ओभर ३६ भयो ।

एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्त रुपमा शीर्षस्थानमा छन् । टासी र सदभावले पहिलो दिन ४ ओभर ७२ स्कोर गरेका थिए । ८ ओभर ७६ को स्कोरसहित निलकुमार थापा र भरत थापा मगर  संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

व्यावसायिक कार्ड लिएपछि पहिलो पटक सूर्य नेपाल गल्फ टुरअन्तर्गतको प्रतियोगिता खेलेका सुवाश तामाङले पहिलो दिन ४ ओभर ७२ खेले । दक्षिण एसियाली खेलुकदका दोहोरो स्वर्ण पदकधारी सुवाश समग्रमा एमेच्योर खेलाडीद्वय टासी र सदभावसँग संयुक्त रुपमा ११औं स्थानमा छन् ।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा बाँकी १८ होलका लागि उत्कृष्ट २१ व्यावसायिक खेलाडीको छनोट (कट) हुनेछ । कटमा सफलता प्राप्त गर्ने सबै व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ३२ व्यावसायिक र ९ एमेच्योर गरी कुल ४१ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।

कुल ७ लाख ३ हजार ५ सय रुपैयाँ पुरस्कार राशीको प्रतियोगितामा विजेताले १ लाख २० हजार, दोस्रो हुनेले ८२ हजार तथा तेस्रो हुनेले ६६ हजार रुपैयाँ पाउनेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुनेले ४३ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)ले जनाएको छ । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO