चैत्र १८, २०८२ बुधबार | १३:१२:०६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

नेपालका सद्भावलाई एकल अग्रता

सद्भाव आचार्य ।

काठमाडौं । बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा पहिलो दिन नेपालका सद्भाव आचार्यले एकल अग्रता लिएका छन् ।

३-अन्डर ६९ को नतिजामा सद्भावले घरेलु खेलाडी मोहम्मद शाहबुद्दिनलाई तीन स्ट्रोकले पछि पारे ।

ढाकास्थित कुर्मितोला गल्फ क्लबमा सद्भावले पहिलो १८ होलको खेल बोगी फ्री खेले। उनले पहिलो देखि १०औं होलसम्म पार बचाए । यसपछि ११, १३र १७औं होलमा एक-एक सट बचाउँदै ३-अन्डरको उत्कृष्ट स्कोरकार्ड तयार पारे ।

शाहबुद्दिन इभन-पार ७२ सहित दोस्रो स्थानमा छन् । २-ओभर ७४ को स्कोरमा नेपालका राहुल विक, श्रीलंकाका चकिथा पुष्पिका र बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद समिम संयुक्तरुपमा तेस्रो स्थान  छन् ।

राहुलले फ्रन्ट नाइन इभन-पार ३६ मा पुरा गर्ने क्रममा दोस्रो, छैटौं र नवौं होलमा एक–एक सट खेर फाले ।  तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे । राहुलले १० र १७औं होलमा एक-एक सट खेर फाल्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए ।

टिम इभेन्टमा पनि सद्भाव र राहुलको जोडी १-अन्डर १४३ को स्कोरसहित शीर्षस्थानमा छ । नेपालले बंगलादेशको ’ए’ टिमलाई पाँच स्ट्रोकले पछि पारेको छ । बंगलादेश ‘ए’ का अबु बकर सिद्दिकी र मोहम्मद शाहबुद्दिनको टिमले ४-ओभर १४८ स्कोर बनाएको छ ।  

बंगलादेश ‘बी’ का सफिकुल इस्लाम र रोमन मिया ६-ओभर १५० को स्कोरसहित तेस्रो स्थानमा रहे ।

चार दिने प्रतियोगितामा १०० खेलाडीको सहभागीता छ । टिम इभेन्ट्समा आठ टिमले प्रतिस्पर्धा गरिरहेका  छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो