फाल्गुन ८, २०८२ शुक्रबार | ००:३४:१३
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

निरज च्याम्पियन

च्याम्पियन निरज तामाङ ।

धरान । प्रो निरज तामाङ कुल स्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको च्यम्पियन बनेका छन् ।

निरजले प्रो शुक्रबहादुर राईको रेकर्ड बराबरी गर्ने क्रममा १७-अन्डर १९३ को स्कोरसहित करिअरको दोस्रो उपाधि जिते ।

प्रतियोगिताको अन्तिम दिन शुक्रबार ५-अन्डर ६५ को उत्कृष्ट स्कोरमा निरजले विष्णुप्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा पछि पारे ।

उपाधिसँगै निरजले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे। उनले यही प्रतियोगिताको पहिलो दिन शुक्रको नाममा रहेको ७-अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए।

धरान गल्फ क्लबमा ७-अन्डर २०३ स्कोर सहित विष्णु दोस्रो भए । उनले शुक्रबार २-अन्डर ६८ को कार्ड बनाए । विष्णुले १ लाख रुपैयाँ आफ्नो नाममा गराए । धरानका बलभद्र राई ३-अन्डर २०७ सहित तेस्रो हुँदै ७५ हजार जित्न सफल रहे । उनले आज १-ओभर ७१ स्कोर निकाले ।

सात स्ट्रोकको अग्रतासहित अन्तिम १८ होलको खेलको सुरुआत गरेका निरजले खासै चुनौतीको समान गर्नु परेन । सानदार सुरुआत गरेका उनले फ्रन्ट नाइनमा ५-अन्डर ३१ खेले । पहिलोदेखि तेस्रो होलसम्म लगातार तीन बर्डी प्रहार गरेका निरजले बोगी फ्रि फ्रन्ट नाइन खेल्ने क्रममा छैटौं र नवौं होलमा पनि एक/एक सट जोगाए ।

निरजले १०औं होलमा डबल बोगी र ११औं होलको बोगी खेपे । तर १२, १३ र १७औं बर्डी खेल्दै उनले ब्याक नाइन इभन-पार ३४ मा सकाए ।

विष्णुले तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४-अन्डर ३२ मा पुरा गरे । ब्याक नाइनमा पनि चार बर्डी प्रहार गरे तर दुई होलमा बोगी खेप्दै विष्णुले २-ओभर ३६खेले । उनले ११, १४, १६ र १७औं होलमा एक/ एक सट बचाए । १५ र १८औं होलमा बोगी प्रहार गरे ।

बलभद्रले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए।पहिलो र चौथो होलमा बोगी प्रहार गरेपनि छैटौं र नवौंहोलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा १-ओभर ३५ खेले।उनले ११औं होलको बर्डीविरु द्ध १३ र १६औं होलमा एक/ एक सट खेर फाले ।

भुवन नगरकोटी र रवि खड्का २-अन्डर २०८ सहित चौथो स्थानमा रहे । अन्तिम दिन भुवनले ४-अन्डर ६६ र रविले २-अन्डर ६८ खेले । उनीहरुले जनही ५५ हजार प्राप्त गरे ।

समग्रमा १-अन्डर २०९ को नतिजामा धनबहादुर थापा र भुवनकुमार रोक्काले छैटौं स्थानमा रहँदै जनही ४४ हजार रुपैयाँ हात पारे । समग्रमा १-ओभर २११ स्कोर बनाएका रामे मगरआठौं भए। उनी ३८ हजार रुपैयाँको हकदार बने।

यसैगरी समग्रम ४-ओभर २१४ स्कोरमा टंकबहादुर कार्की रसञ्जय लामाले नवौं स्थानमा बाँडे । जनही ३३ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।

एमेच्योरतर्फ सुमन परियारले सुन्दर राईलाई दुई स्ट्रोकले हराउँदै उपाधि जिते । अन्तिम दिन १-अन्डर ६९सहित समग्रमा सुमनले १-अन्डर २०९ स्कोरमा प्रतियोगिता सकाए । सुन्दरले १-ओभर २११ मा खेल पुरा गरे । उनले पनि आज १-अन्डर ६९ मा खेल सकाए ।

प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रालिकाडेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरे । ५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार रुपैयाँ पुरस्कार राशी थियो ।

तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कूल ५६ गल्फरको सहभागीता थियो । शनिबार प्रो-एम इभेन्ट हुनेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||