काठमाडौं । सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डन फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसीपको उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन्।
सद्भाव १-अन्डर २०३ स्कोर सहित पुरुष १७ देखि २१ वर्ष उमेर समुह तथा समग्रमा च्याम्पियनसीपको उपाधि जित्न सफल रहे । शुक्रबार १-अन्डर ६७ मा खेल सकाउँदै सद्भावले संसार विकलाई ३१ स्ट्रोकको फराकिलो अन्तरमा हराए। प्रो-गल्फरलाई समेत माथ दिदै आएका सदभावलाई योप्रतियोगितामा अन्य गल्फरले चुनौती दिन सकेनन्।
अन्तिम १८ होलको खेल सुरु गर्दा सद्भावसँग १७ स्ट्रोकको अग्रता थियो।आज उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गर्दा तेस्रो र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन(पार ३४ मा सकाए। यसपछि १०औ, ११औं र १४औंहोलमा एक(एक सट बचाउन सफल हुँदा ३-पारको १७औं होलमा डबलबोगी खेप्दा ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे।
चार वर्ष अगाडि २ देखि १६ वर्षको उमेर समुहमा छनोट भए पनि कोभिडको कारण सद्भावले सहभागीता जनाउन पाएका थिएनन्।
१३-ओभर ८१ को स्कोर दर्ज गर्दै समग्रमा ३०-ओभर २३४ सहित संसार विक दोस्रो भए। यस्तै आज १०-ओभर ७८ को स्कोर मासमग्रमा ३३-ओभर २३७ सहित स्वप्नील भट्टराई तेस्रो स्थानमा रहे ।
जयवीरले ४९ ओभर २५३ अंकका साथ पुरुष १२-१६ उमेर समूहको उपाधि जिते । उनले सोहम अग्रवाललाई चार स्ट्रोकले पछि पारे । सिद्धान्त सापकोटा तेस्रो स्थानमा रहे ।
महिला खुल्लातर्फ आइस्टिनाले अवनी राईलाई एक स्ट्रोकले पछि पारिन् । आइस्टिनाले समग्रमा ६० ओभर २६४ रन स्कोर दर्ज गरिन् । अन्वद्या मल्ल तेस्रो भइन्।