भाद्र २३, २०८१ आइतबार | ०६:४८:१९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

कोर्स रेकर्डसहित भुवन शीर्ष स्थानमा कायमै

पोखरा । पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्ड सहित शीर्ष स्थानमा कायमै छन्।

पोखरास्थित हिमालयन गल्फ कोर्समा ७-अन्डर ६२ को रेकर्ड सहित भुवनले ३६ होलको समाप्तीमा १०-अन्डर १२८ को उत्कृष्ट प्रदर्शन गरे। । उनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ६-अन्डर ६३ को रेकर्ड तोडेका हुन्।

भुवनले रवि खड्का र एमेच्योर ल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता बनाउँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन। समग्रमा १-ओभर १ सय ३९ को नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सदभाव संयुक्तरुपमा दोस्रो स्थानमा छन। रबिले १-ओभर ७० र  सदभावले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा ४-ओभर १ सय ४२ सहित धरानका प्रो निरज तामाङ चौथो स्थानमा रहे। उनले आज ४-ओभर ७३ को कार्ड तयार पारे। प्रदीप कुमार लामा र दीपक मगरले समग्रमा ६-ओभर १ सय ४४ को नतिजामा पाँचौ स्थान बाँडे। प्रदीपले इभन-पार ६९ र दीपकले ३-ओभर ७२ मा दोस्रो दिनको खेल पुरा गरे।

यसैगरी जयराम श्रेष्ठ, शिवराम पौडेल, दल बहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७-ओभर १ सय ४५ सहित संयुक्तरुपमा सातौं स्थानमा रहेका छन। जयरामले १-अन्डर ६८, शिवराम पौडेलले २-ओभर ७१, दल बहादुरले ३-ओभर ७२ तथा बलभद्र र सुन्दरले समान ४-ओभर ७३ स्कोर गरे।

भुबहादुर गुरुङ, भुवनकुमार रोक्का, पशुपति शर्मा, सञ्जय लामा, दिनेश प्रजापती, युवराज भुजेल, टंकबहादुर कार्की, सुर्य प्रसाद शर्मा, कृष्णमान राजबाहक, रामे मगर, सञ्जीवबहादुर नेपाली, धनबहादुर थापा तथा एमेच्योर प्रज्वल गुरुङ, सुरेश तामाङले कट बनाएका छन्।

३६ होलको समाप्तीमा १४-ओभर १५२ स्कोर दर्ज गरेका २१ प्रोफेसनल र चार एमेच्योर खेलाडीले कट बनाएका छन्। ५४ होलको तीन दिने प्रतियोगिताको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ।

एसिया क्षेत्रकै कठिन मध्येको एक मानिएको हिमालयन गल्फ कोर्समा भुवनले बोगी रहित कार्ड बनाउने क्रममा सात वटा बर्डी दर्ज गरे। पहिलो, चौथो र नवौं होलमा एक(एक सट बचाउँदा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। यही लयलाई निरन्तरता दिदै उनले ११औं, १४औ, १५औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गदै ब्याक नाइन ४-अन्डर ३१ मा सकाए।

यो लोभलाग्दो प्रदर्शनमा भुवन करियरको ११औं उपाधि नजिक पुगेका छन्। सन २०२२ को डिसेम्बरमा सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेपछि भुवन उपाधिविहिन छन्। 
रविले सुरुआत राम्रो गर्न सकेनन्। छैटौं, सातौं र नवौं होलको बोगीले फ्रन्ट नाइन ३-ओभर ३७ मा सकाए। यसपछि ब्याक नाइनमा भने सम्हालिदै २-अन्डर ३३ मा पुरा गरे। उनले १३औं होलमा एक सट खेर फाले भने १०औं‌, १२औं र १४औं होलमा बर्डी प्रहार गरे।

एमेच्योर सदभावले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो देखि आठौं होलसम्म पार बचाएका उनले ४-पारको नवौं होलमा एक सट खेर फाले। ब्याक नाइन भने नाटकीय बन्यो। १०औं र ११औं होलमा लगातार डबल बोगी र १२औं होलमा बोगी खेप्दा सदभाव ६-ओभरको स्थितिमा पुगिसकेका थिए। तर यसपछि उनले १३औं, १४औं र १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे।

निरजले छैटौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। तर ब्याक नाइनमा निराशाजनक प्रदर्शन गरे। १०औं होलमा बर्डी प्रहार गरेपनि ११औ, १६औं र १७औं होलमा बोगी र ४-पारको १३औं होलमा ट्रीपल बोगी खेपे। ब्याक नाइन ५-ओभर ४० मा सकाउन बाध्य भए। 

सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता छ।

एमेच्योर गल्फर भरत थापामगरले लगातार दोस्रो दिन होल इन वानको सफलता प्राप्त गरेकाछन्। उनले आज ३-पारको सातौं होलमा यो सफलता प्राप्त गरे। हिजो उनीसँगै विदुर तामाङले चौथो होलमा होल इन वान प्रहार गरेका थिए।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024