काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले शीर्ष डिभिजन लिग गर्न पर्याप्त रकम नभएकाले सरकारबाट पनि सहयोगको अपेक्षा गरेको बताएका छन् ।
बिहीबार युवा तथा खेलकुद मन्त्रीसँगसँगको छफलफमा महासचिव राईले भने ,‘ शीर्ष डिभिजन लिग सञ्चालन गर्न एन्फाको १० देखि ११ करोड खर्च हुन्छ । हामीले निवर्तमान खेलकुद मन्त्रीसँग कम्तिमा पनि ५ करोडको माग गरेका थियौं । तर ४० लाख मात्र विनियोजन भएको थियो । हामीले सरकारबाट थप सहयोगगको अपेक्षा राखेका छौं । अहिले स्पोन्सरसिप ल्याउन पनि कठिन भइरहेको छ । फिफा र एएफसीबाट आएको पैसा सिधै लिगमा लागि खर्च गर्न मिल्दैन । त्यहाँबाट आएको रकम ग्रासरुड फुटबल र अन्य विकासका काममा प्रयोग गर्नुपर्छ । तर पर्याप्त रकम नभएकाले फिफा र एएफसीको पैसा लगाएर भए पनि लिग गर्ने योजनामा छौं ।’
छलफलमा महासचिव राईले नेपाली फुटबलको वर्तमान अवस्थाको बरेमा पनि जानकारी गराएका थिए ।
पकंजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फा हालसम्म एक पटक मात्रै शीर्ष डिभिजन लिग आयोजना गरेको छ । पछिल्लो पटक ‘ए’ डिभिजन लिग २०८० को जेठमा सम्पन्न भएको थियो ।
