कार्तिक १३, २०८२ बिहीबार | २१:३०:१९
युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता

मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने

काठमाडौं । फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले भारतीय मूलका अमेरिकी खेलाडी मिलिन्ड कुमारलाई आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको छ ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमाडौंले तेस्रो विदेशी खेलाडीको रुपमा ब्याटिङ अलराउन्डर मिलिन्डलाई भित्र्याएको हो । यसअघि काठमाडौंले दक्षिण अफ्रिकी विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस र  नामिबियाका कप्तान जेरार्ड इरास्मसलाई अनुबन्ध गरेको थियो । यी दुईमध्ये इरास्मसले गत संस्करण पनि गोर्खाजकै जर्सी लगाएका थिए ।

मिलिन्ड हाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि संयुक्त अरब इमिरेट्स (युएई)मा छन् । नेपालविरुद्ध पहिलो खेलमा मिलिन्डले ५० बलमा ६ चौका र दुई छक्कासहित अविजित ७० रन बनाएका थिए । खेलमा अमेरिकाले १०६ रनको फराकिलो जित हासिल गरेको थियो ।

३४ वर्षीय मिलिन्डले अन्तर्राष्ट्रिय क्रिकेटमा २१ ट्वान्टी-२० र २० एकिदवसीय खेल खेलेका छन् ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्दैछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
 


भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ