काठमाडौ । दोस्रो नेपाल प्रिमीयर लिग (एनपिएल) को दोस्रो सिजनका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्ने भएका छन् ।
बिहीबार प्रायोजनका लागि लागि नेपाल क्रिकेट सघ (क्यान) र गोल्छा ग्रुपबीच सम्झौता भयो ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आर्थिक पाटो भने दुवै पक्षले खुलाएका छैनन् ।
‘ हामी लामो समयदेखि खेलकुदमा जोडिरहेका छौं । एनपिएलसँग जोडिनु हाम्रो लागि यो सुन्दर अवसर हो,’ निर्देशक गोल्छाले भने ।
सचिव खड्काले यो सम्झौताले क्रिकेटको विकासमा ठूलो योगदान पुर्याउने बताए ।
क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
