काठमाडौं । म्याचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लासँग १-० ले पराजित भएको छ ।
जितसँगै ९ खेलमा १५ अंक जोडेको एस्टन भिल्ला आठौं स्थानमा उक्लिएको छ । पराजित सिटी समान खेलबाट १६ अंकका साथ पाँचौं स्थानमा छ ।
भिल्ला पार्कमा घरेलु टोली भिल्लालाई जित दिलाउन म्याटी क्यासले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १९औं मिनेटमा एमी बुएन्डियाको पासलाई पोस्टको दिशा दिएका थिए ।
यससँगै सिटीको पाँच खेलसम्मको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । सिटीले पछिल्लो पटक अगस्टमा ब्राइटनविरुद्ध २-१ को हार बेहोरेको थियो ।
त्यसयताका पाँच खेलमा सिटीले चार जित र एक बराबरीको नतिजा निकालेको थियो ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
