माघ ९, २०८२ शुक्रबार | ०५:२४:४१
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासँग लिखित स्पष्टीकरण मागेका छन् ।

आइतबार ‘संघको पहिचानलाई कमजोर बनाएको, आन्तरिक विषयहरुमा गोपनियता कायम नराखेको, संघको विधान विपरित अनाधिकृत रुपमा संघका पदाधिकारीविरुद्ध सामाजिक सञ्जाल, आमसञ्चार माध्यमहरुको प्रयोगगरि गलत अफवाह फैलाएको जस्ता अनैतिक कार्यहरु गरेको’ आरोप लगाउँदै नेम्वाङले खड्कालाई पत्रमार्फत लिखित स्पष्टीकरण माग गरेका हुन् ।

गत कार्तिक २ गते खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव किरण राईलाई निलम्बन गरेका थिए । अध्यक्ष नेम्वाङ विदेश गएको समयमा कार्यवाहक अध्यक्षको हैसियतमा खड्काले राईसँग साधारणसभाको निर्णयअनुसार लिग किन नगराएको भन्दै स्पष्टिकरण मागेका थिए । तर राईले त्यसको बेवास्था गरेपछि खड्काले राईलाई निलम्बन गरेका थिए । त्यसको सात दिनपछि अध्यक्ष नेम्वाङले खड्कालाई तीन दिनभित्र जवाफ दिनुपर्ने निर्देशनसहित पत्र पठाएका हुन् ।

त्यस्तै नेम्वाङले खड्कालाई विधानको परिच्छेद १ को धारा ९(१) अनुसार फिफा, एएफसी र एन्फाको विधान तथा निर्देशन र निर्णयको बेवास्ता गर्दै निरन्तर अनैतिक कार्य गरेको हुँदा अनुशासनको कार्बाही गर्ने समेत चेतावनी दिएका छन् ।

नेम्वाङले खड्कामाथि आफू र महासचिव राई एएफसीको कार्यक्रमका लागि साउदी अरेबियामा रहँदा अनाधिकृत रुपमा संघको लेटरहेड र छापको दुरुपयोग गरेको आरोप लगाएका छन् । व्यक्तिगत रुपमा लेटरहेड र छापको दुरुपयोग गरि महासचिवलाई स्पष्टीकरण सोधेको र विना अधिकार महासचिवलाई निलम्बन गरेको विषयमा नेम्वाङले प्रश्न उठाएका छन् । खड्काले विधानविपरित अधिकार क्षेत्रभन्दा बाहिर गएर महासचिव राईलाई पत्राचार गरेको नेम्वाङको बुझाई छ ।

नेम्वाङ साउदी अ‍रेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीका साथ खड्काले एक साताअघि राईलाई निलम्बन गरेका थिए । नेम्वाङले साउदी अरेबिया जाँदा वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्यवाहकको जिम्मेवारी भने दिएका थिएनन् । तर, एन्फा विधानअनुसार अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष स्वत कार्यवाहक अध्यक्ष हुने खड्काले त्यतिबेला दाबी गरेका थिए ।

गत वैशाखमा धुलिखेलमा सम्पन्न साधारणसभाले निर्णय गरेअनुसार लिग गराउने जिम्मेवारी किन पूरा नगरेको भन्दै असोज ३० गते खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा राईलाई तीन दिनभित्र पेश गर्ने गरि स्पष्टीकरण मागेका थिए । तर, विदेश यात्रामा रहेका राईले त्यसको कुनै जवाफ नदिएपछि कार्तिक २ गते खड्काले पत्र काट्दै निलम्बन गरेको जनाएका थिए ।

एन्फा राजनीतिमा राई नेम्वाङका मुख्य सारथी हुन भने वरिष्ठ उपाध्यक्ष खड्काहरु प्रतिपक्ष भूमिकामा छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate