फाल्गुन २६, २०८२ मंगलबार | २२:०७:२६
पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो

एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासँग लिखित स्पष्टीकरण मागेका छन् ।

आइतबार ‘संघको पहिचानलाई कमजोर बनाएको, आन्तरिक विषयहरुमा गोपनियता कायम नराखेको, संघको विधान विपरित अनाधिकृत रुपमा संघका पदाधिकारीविरुद्ध सामाजिक सञ्जाल, आमसञ्चार माध्यमहरुको प्रयोगगरि गलत अफवाह फैलाएको जस्ता अनैतिक कार्यहरु गरेको’ आरोप लगाउँदै नेम्वाङले खड्कालाई पत्रमार्फत लिखित स्पष्टीकरण माग गरेका हुन् ।

गत कार्तिक २ गते खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव किरण राईलाई निलम्बन गरेका थिए । अध्यक्ष नेम्वाङ विदेश गएको समयमा कार्यवाहक अध्यक्षको हैसियतमा खड्काले राईसँग साधारणसभाको निर्णयअनुसार लिग किन नगराएको भन्दै स्पष्टिकरण मागेका थिए । तर राईले त्यसको बेवास्था गरेपछि खड्काले राईलाई निलम्बन गरेका थिए । त्यसको सात दिनपछि अध्यक्ष नेम्वाङले खड्कालाई तीन दिनभित्र जवाफ दिनुपर्ने निर्देशनसहित पत्र पठाएका हुन् ।

त्यस्तै नेम्वाङले खड्कालाई विधानको परिच्छेद १ को धारा ९(१) अनुसार फिफा, एएफसी र एन्फाको विधान तथा निर्देशन र निर्णयको बेवास्ता गर्दै निरन्तर अनैतिक कार्य गरेको हुँदा अनुशासनको कार्बाही गर्ने समेत चेतावनी दिएका छन् ।

नेम्वाङले खड्कामाथि आफू र महासचिव राई एएफसीको कार्यक्रमका लागि साउदी अरेबियामा रहँदा अनाधिकृत रुपमा संघको लेटरहेड र छापको दुरुपयोग गरेको आरोप लगाएका छन् । व्यक्तिगत रुपमा लेटरहेड र छापको दुरुपयोग गरि महासचिवलाई स्पष्टीकरण सोधेको र विना अधिकार महासचिवलाई निलम्बन गरेको विषयमा नेम्वाङले प्रश्न उठाएका छन् । खड्काले विधानविपरित अधिकार क्षेत्रभन्दा बाहिर गएर महासचिव राईलाई पत्राचार गरेको नेम्वाङको बुझाई छ ।

नेम्वाङ साउदी अ‍रेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीका साथ खड्काले एक साताअघि राईलाई निलम्बन गरेका थिए । नेम्वाङले साउदी अरेबिया जाँदा वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्यवाहकको जिम्मेवारी भने दिएका थिएनन् । तर, एन्फा विधानअनुसार अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष स्वत कार्यवाहक अध्यक्ष हुने खड्काले त्यतिबेला दाबी गरेका थिए ।

गत वैशाखमा धुलिखेलमा सम्पन्न साधारणसभाले निर्णय गरेअनुसार लिग गराउने जिम्मेवारी किन पूरा नगरेको भन्दै असोज ३० गते खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा राईलाई तीन दिनभित्र पेश गर्ने गरि स्पष्टीकरण मागेका थिए । तर, विदेश यात्रामा रहेका राईले त्यसको कुनै जवाफ नदिएपछि कार्तिक २ गते खड्काले पत्र काट्दै निलम्बन गरेको जनाएका थिए ।

एन्फा राजनीतिमा राई नेम्वाङका मुख्य सारथी हुन भने वरिष्ठ उपाध्यक्ष खड्काहरु प्रतिपक्ष भूमिकामा छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||