कार्तिक ९, २०८२ आइतबार | २१:५५:५०
सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण बब्लु गुप्ता बने युवा तथा खेलकुद मन्त्री अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य पहिलो एकदिवसीयमा न्युजिल्यान्ड विजयी सिजनको पहिलो एल क्लासिको हुँदै अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण बब्लु गुप्ता बने युवा तथा खेलकुद मन्त्री अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य पहिलो एकदिवसीयमा न्युजिल्यान्ड विजयी सिजनको पहिलो एल क्लासिको हुँदै अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपाल अमेरिकासँग पराजित

तस्विर, क्यान ।

काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलमा अमेरिकासँग  १०६ रनको हार बेहोरेको  छ ।

हारसँगै १७ खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ । जित निकालेको अमेरिका २१ खेलमा ३० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । 

आइतबार युएईको दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमै समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २० र सोमपाल कामीले ११  रन बनाए ।

अमेरिकाका लागि हर्मित सिंहले ८.१ ओभरमा एक मेडनसहित मात्र २७ रन खर्चिएर ६ विकेट लिए । यसैगरी  शुबमन रन्जानेले दुई तथा रुशिल  उगारकरले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि स्मिथ पटेलले १०० बलमा ९ चौकाको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी मिलान्ड कुमारले ५० बलमा ६ चौका र दुई छक्कासहित अविजित ७०,  साइतेजा मुक्कामल्लाले ४२, शुवम रन्जानेले १९, आन्द्रियस गौस र शयान जहान्गिरले समान ११ रन तथा कप्तान मोनंक पटेलले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain