काठमाडौं । इङ्लिस क्लब आर्सनलका सेन्टरब्याक विलियम सालिबा कम्तिमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।
गत साता इङ्लिस प्रिमियर लिग (इपिएल)मा लिभरपुलविरुद्धको खेलमा सालिबाको घुँडामा समस्या देखिएको थियो । खेल अगाडिको ‘वार्म–अप’मा असहज महसुस गर्नुका बावजुद सालिबा पहिलो रोजाईमा मैदानमा उत्रिएका थिए । पछि सुरुआती पाँच मिनेटमै उनी प्रतिस्थापन हुन बाध्य भएका थिए ।
फ्रान्सले दुई दिनअघि फिफा विश्वकप छनोट प्रतियोगितामा युक्रेनविरुद्ध २–० को जित हासिल गरेको थियो । फ्रान्सले सेप्टेम्बर १० मा छनोट प्रतियोगिता अन्तर्गतनै अजरबाइजानसँग खेल्ने तालिका छ । यी दुई अन्तर्राष्ट्रिय खेलका लागि मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले सालिबाको ठाउँमा बेन्जामिन पाभार्डलाई टोलीमा राखेका थिए ।
सालिबाको इन्जुरी तीन हप्तासम्म लम्बिने हो भने आर्सनलले प्रिमियर लिगमा नटिङ्घम फोरेस्ट र म्यानचेस्टर सिटीसँगको खेलमा आफ्नो महत्वपूर्ण खेलाडीलाई गुमाउनेछ ।
सालिबा सेप्टेम्बर २८ मा न्युक्यासलसँगको खेलका लागि पूर्ण रुपमा फिट भइसक्ने विश्वास गरिएको छ ।