भाद्र २२, २०८२ सोमबार | २०:२२:१०
नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण खेल स्थगित ललितपुरको लगातार तेस्रो जित हामी धेरैअघि नै शहीद भइसकेका छौंः पारस खड्का मुकेशले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने कर्णालीको विजयी यात्रा जारी जेन जीको आन्दोलन चर्किएपछि नेपाल र बंगलदेशबीचकाे मैत्रीपूर्ण खेल अन्योलमा सालिबा कम्तिमा तीन साता मैदान बाहिर रहने पल्सर स्पोर्टस अवार्डको सहप्रायोजकमा केल्मीकै निरन्तरता म्यानचेस्टर युनाइटेड छाड्दै आन्द्रे ओनाना अल्कारेजले जिते युएस ओपनको उपाधि नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण खेल स्थगित ललितपुरको लगातार तेस्रो जित हामी धेरैअघि नै शहीद भइसकेका छौंः पारस खड्का मुकेशले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने कर्णालीको विजयी यात्रा जारी जेन जीको आन्दोलन चर्किएपछि नेपाल र बंगलदेशबीचकाे मैत्रीपूर्ण खेल अन्योलमा सालिबा कम्तिमा तीन साता मैदान बाहिर रहने पल्सर स्पोर्टस अवार्डको सहप्रायोजकमा केल्मीकै निरन्तरता म्यानचेस्टर युनाइटेड छाड्दै आन्द्रे ओनाना अल्कारेजले जिते युएस ओपनको उपाधि

फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्सको अपराजित यात्रा जारी

काठमाडौं । नेरदल्यान्ड्सले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो अपराजित यात्रा  चौथो खेलसम्म पनि जारी राखेको छ । 

 नेरदल्यान्ड्सले आइतबार लिथुनियाविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्याे ।

जितसँगै चार खेलमा १० अंक जोडेको नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्षस्थानमा छ । पराजित लिथुनिया पाँच खेलबाट तीन अंकका साथ चौथो स्थानमा छ ।

दारियस एन्ड गिरेनास रंगशालामा पाहुना टोली नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपेले दुई तथा क्विन्टन टिम्बरले एक गोल गरे । लिथुनियाका लागि ग्विडास जिनाइटिस र एडभिनास गिरडभाइनिसले गोल फर्काए ।

खेलको ११औं मिनेटमा डिपेको गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ३३औं मिनेटमा टिम्बरले टोलीको अग्रता दोब्बर बनाए ।

जिनाइटिसले ३६औं मिनेटमा लिथुनियाका लागि पहिलो गोल फर्काए । सात मिनेटपछि नै गिरडभाइनिसले टोलीलाई २-२ को बराबरीमा ल्याए ।

डिपेले ६३औं मिनेटमा व्यक्गित दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई रोमाञ्चक जित दिलाए ।

यही समूहको अर्को खेलमा पोल्यान्डले फिनल्यान्डविरुद्ध ३-१ को जित निकाल्यो । 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS