फाल्गुन १९, २०८२ मंगलबार | २२:५९:२३
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

पल्सर स्पोर्टस अवार्डको सहप्रायोजकमा केल्मीकै निरन्तरता

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करणमा पनि अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मील साथ दिने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु टे«डिङ प्राली (केल्मी स्र्पोर्टस नेपाल) सँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको हो ।

२०६० सालदेखि हुँदै आएको यस अवार्ड पहिलोपल्ट काठमाडौं उपत्यका बाहिर गरिँदैछ । आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टर, पोखरामा अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कामरुका निर्देशक न्यौपानेले स्पोर्टस अवार्डसँग सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपालको खेलकुद विकास र प्रवद्र्धनमा सदैव साथमा रहने प्रतिक्रिया दिए । सहप्रायोजकवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोशाक उपलब्ध गराउनेछ ।

पल्सर स्पोर्टस अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पाँच विधा पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा र वर्ष उत्कृष्ट प्रशिक्षक विधाको समान पाँचजना मनोनयन छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) छन् । उनीहरूको भोटिङ डिजिटल वालेट खल्ती बाई आइएमइबाट भइरहेको छ ।

त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज र मुख्य प्रायोजक गोल्छा ग्रुप फेसबुक पेजबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेलकुद संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यले मत दिन पाउनेछन् ।

मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को तयारीमा तीव्रता दिइएको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता छ भने प्रवर्धकमा पोखरा महानगरपालिकाको साथ रहेको छ ।

अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एन्ड स्पा छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्राली, प्लाजा ग्रुप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल र हिमश्री फुड्सलगायत छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||