काठमाडौं । स्पेनले फिफा विश्वकप युरोपियन छनोटमा आइतबार टर्कीविरुद्ध ६-० को सानदार जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको स्पेन समूह ‘इ’ को शीर्षस्थानमा छ । पहिलो पराजित बेहोरेको टर्की समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।
टोर्कु एरिनामा पाहुना टोली स्पेनलाई जित दिलाउन मिकेल मोरिनोले ह्याट्रिक गर्दा पेड्रीले दुई र फेरान टोरेसले एक गोल थपे ।
खेलको छैटौं मिनेटमा पेड्रीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । २२औं मिनेटमा मोरिनोले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा मोरिनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ५३औं मिनेटमा टोरेसले गोल गर्दा स्पेनको अग्रता ४-० मा पुग्यो ।
त्यसको चार मिनेटपछि मोरिनोले ह्याट्रिक पूरा गरे । ६२औं मिनेटमा पेड्रेले व्यक्गित दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे ।
यही समूहको अर्को खेलमा जर्जियाले बुल्गेरियाविरुद्ध ३-० को सहज जित दर्ता गर्यो ।