काठमाडौं । नेपालका मुकेशबहादुर पालले जापानको टोकियोमा हुने २०औं विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
सेप्टेम्बर १३ देखि २१ सम्म हुने प्रतियोगितामा मुकेशले १ हजार ५०० मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उक्त स्पर्धामा मुकेशकै नाममा ३ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । विष्ट पनि अफिसियलका रूपमा जापान जाने छन् ।
त्यस्तै सेप्टेम्बर १० देखि १३ सम्म जापानमै हुने विश्व कंग्रेसमा एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह सहभागी हुनेछन् । तीन सदस्यीय टोली मंगलबार जापान प्रस्थान गर्नेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले सोमबार बिदाइ गरे ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
