काठमाडौं । नेपालका मुकेशबहादुर पालले जापानको टोकियोमा हुने २०औं विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
सेप्टेम्बर १३ देखि २१ सम्म हुने प्रतियोगितामा मुकेशले १ हजार ५०० मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उक्त स्पर्धामा मुकेशकै नाममा ३ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । विष्ट पनि अफिसियलका रूपमा जापान जाने छन् ।
त्यस्तै सेप्टेम्बर १० देखि १३ सम्म जापानमै हुने विश्व कंग्रेसमा एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह सहभागी हुनेछन् । तीन सदस्यीय टोली मंगलबार जापान प्रस्थान गर्नेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले सोमबार बिदाइ गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
