काठमाडौं। इटालियन गोलकिपर जियानलुइजी डोनारुम्माले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मन (पिएसजी) छाड्ने पक्का भएको छ।
प्रशिक्षक लुइस एनरिकेले युइएफए सुपर कपका लागि टोलीमा नराखे पनि डोनारुम्मा पार्क डेस प्रिन्सेस छाड्ने मनायसमा पुगेका हुन् । सुपर कपमा पिएसजीले इङ्लिस क्लब टोटनहमको सामना गर्दैछ ।
गत सिजन पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका डोनारम्मा सन् २०२१ मा पिएसजी आएका थिए ।
इटालियन क्लब एसी मिलानबाट पिएसजी आएयता उनले १०४ फ्रेन्च लिग वान खेल खेलेका छन् ।
उनले पिएसजीलाई ‘ट्रेबल’ जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । दर्शन गरेका थिए । तर, फ्रेन्च गोलकिपर लुकास शेभालियरलाई अनुबन्ध गरेपछि उनको भविष्यबारे चर्चा चल्न थालेको छ । पिएसजी र डोनारुम्माको सम्झौता एक वर्षमात्र बाँकी ।
‘यस्तो परिस्थिती आएको कि म अब पिएसजीको हिस्सा भएर टिमको सफलता अघि बढाउन सक्दिनँ,’ डोनारुम्माले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ,‘म निराश र दुखी छु ।’
‘यी निर्णयहरू सधैं कठिन हुन्छन् । जियानलुइजी डोनारुम्मा विश्वकै उत्कृष्ट गोलकिपरमध्येका एक हुन्, तर, हामी फरक प्रकारको गोलकिपर खोजिरहेका थियौं,’ प्रशिक्षक एनरिकेले भने ।
अहिलेसम्म उनको नयाँ क्लब निश्चित भएको छैन। तर विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार केही इङ्लिस क्लबले उनीमागि चासो देखाइरहेका छन् ।