श्रावण २९, २०८२ बिहीबार | ०५:२२:४०
आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी

डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग

काठमाडौं । नेपाल फुटबल खेलाडी संघले डिभिजन फुटबलको निरन्तरता दिन माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)  लाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष विक्रम लामासहित विकेश कुथु र विराज महर्जनले एन्फा महासचिव किरण राई समक्ष ज्ञापन पत्र बुझाए ।  

खेलाडीले संघले शीर्ष डिभिजिन लिगको मिति घोषणा गर्न आग्रह समेत गरेको छ । ‘पछिल्लो पटक ए डिभिजन लिग सम्पन्न भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि अर्को सिजन सुरुआतबारे अझै पनि अन्योल छ । यसै विषयमा नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबलको निरन्तरता दिने मागसहित ज्ञापनपत्र बुझाउँदै छौं ।  डिभिजन फुटबल निरन्तर हुन नसक्दा खेलाडी र फुटबल समुदाय दुवैमा गम्भीर र प्रत्यक्ष असर पारेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै फुटबल प्रतियोगिता नहुँदा खेलाडी पलायन भएको र राष्ट्रिय टोली छनोट प्रक्रियालाई समेत असर गरेको संघको धारणा छ । ‘लिग फुटबलको अभावले खेलकुदमा आफ्नो जीवन समर्पित गरेका हाम्रा फुटबल खेलाडीहरूलाई अनिश्चित अवस्थामा पु¥याएको छ । हामीजस्तै प्रशिक्षक, रेफ्री र फुटबलमै भर गर्ने अन्य हजारौंको अवस्था पनि यस्तै होला । फुटबलको अभावकै कारण धेरै प्रतिभा जीविकोपार्जनका लागि देश छोड्न बाध्य छन् । यो पलायन केवल व्यक्तिगत प्रतिभाको क्षति मात्र होइन, यसले राष्ट्रिय फुटबललाई दिर्घकालिन हानि पुर्याउँछ । अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रो स्तरमा प्रत्यक्ष प्रभाव पार्दछ,’ संघले भनेको छ ,‘पछिल्लो समय राष्ट्रिय टोली छनोट प्रक्रिया गर्न खेलाडीलाई ट्रायलमा बोलाउनुपर्ने स्थितिले यस पक्षलाई अझ उजागर गरेको छ ।  राष्ट्रिय टोलीको छनोट प्रतिस्पर्धात्मक खेलबाट हुनुपर्ने हो त्यसका लागि लिग फुटबल गर्नुबाहेकको विकल्प हामीसँग छैन ।’

यस्तै खेलाडीका लगि प्रशिक्षण र फिटनेसको पनि समस्या भइरहेको संघले जनाएको छ ।


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video