काठमाडौं । एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लबले विभागी टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो खेलमा पराजय बेहोरेको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा आर्मी फ्रेन्ड्स क्लबसँग ३-० ले पराजित भएको हो ।
फ्रेन्ड्सको जितमा पुरन श्रेष्ठ र मन्दीप ढुंगेलले समान एक गोल गरे । अर्को गोल फ्रेन्ड्सले आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो ।
हारसँगै चार खेलमा तीन अंक जोडेको आर्मी ११औं स्थानमा झरेको छ । समान खेलमा तेस्रो जित हासिल गरेको फ्रेन्ड्स क्लब चौथो स्थानमा छ ।
दिनको पहिलो खेलमा मनङ मस्र्याङ्दी क्लबले साविक विजेता चर्च ब्वाइजमाथि ४-३ को रोमाञ्चक जित हासिल गरेको थियो ।
जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । चार खेलमा तीन जित र एक बराबरीका साथ १० अंक जोड्दै मनाङ हालका लागि दोस्रो स्थानमा उक्लिएको छ । गोल भिन्नताका आधारमा मछिन्द्र मनाङभन्दा अगाडि छ ।
लिगमा चर्च ब्वाइजको यो तेस्रो हार हो । तीन अंक जोडेको चर्च ब्वाइज १०औं स्थानमा झर्यो ।