असार ३१, २०८२ मंगलबार | ०७:३८:३१
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

चेल्सी क्लब विश्वकप च्याम्पियन

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)माथि ३–० को जित हासिल गर्दै इङ्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ ।

आइतबार राति न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा अट्याकिङ मिडफिल्डर कोल पाल्मर चम्कँदा चेल्सीले पिएसजीलाई स्तब्ध पारको हो । सुरुआती दुई गोल गरेका पाल्मरले जाओ पेड्रोको तेस्रो गोलका लागि असिस्ट दिएका थिए । तीनवटै गोल पहिलो हाफमा सम्भव भएको हो ।

करिब साढे ८१ हजार दर्शकको उपस्थिति रहेको फाइनल खेलपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चेल्सीका कप्तान रिस जेम्सलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पाल्मर चुनिए भने गोल्डेन ग्लोब चेल्सीकै गोलकिपर रोबर्ट सान्चेजले प्राप्त गरे । त्यस्तै युवा खेलाडीको पुरस्कार पिएसजीका डेजोरे डुअ‍े र उच्च गोलकर्ताको पुरस्कार रियाल मड्रिडका गोन्जालो गार्सियाले जिते ।

यस सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो । एन्जो मरेस्काको नेतृत्वमा रहेको चेल्सीले साढे एक महिनाअघि युइएफए कन्फरेन्स लिगको उपाधि जितेका थिए ।

हारसँगै पिएसजी सिजनको पाँचौं उपाधि जित्न बञ्चित रह्यो ।  प्रशिक्षक लुइस एनरिकेका नेतृत्वमा पिएसजीले यो सिजन घरेलु लिग, लिग वान, घरेलु प्रतियोगिता कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH