असार ३१, २०८२ मंगलबार | ०९:०६:४७
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

सिक्कालाई एभिएमको बिदाई

काठमाडौं । जर्मनीमा यही जुलाई १६ देखि २७ सम्म आयोजना हुने ३२औं ‘वर्ल्ड समर युनिभर्सिटी गेम्स’ प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीकी टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठलाई बिदाई गरिएको छ ।

सोमबार सिक्कालाई ललितपुरस्थित आदर्श विद्या मन्दिर (एभिएम) स्कुलले एक कार्यक्रम आयोजना गर्दै बिदाई गरेको हो ।

‘वर्ल्ड समर युनिभर्सिटी गेम्स’को ३२औं संस्करणमा नेपालको तर्फबाट चार खेलका १५ खेलाडीले सभागिता जनाउँदैछन् । टेबल टेनिसतर्फ सिक्कासहित गनन्जय दाहाल र रितिज जोशीले नेपालको प्रतिनिधित्व गर्दैछन् । त्यस्तै ब्याडमिन्टनतर्फ रोशन साउद, अनिल मल्ल, क्षितिज खनाल, आयुष्मा नेपाल र निशम हाङ्मा शेर्पा रहेका छन् ।

यसैगरी एथलेटिक्सतर्फ पाल्देन पाख्रिन तामाङ र आयुश श्रेष्ठको सहभागिता रहँदा तेक्वान्दोतर्फ अभिषेक बराल, अभिषेक डल्लाकोटी, रुपेश तामाङ, पुजन खड्का र रेजिना पार्कीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

जर्मन भ्रमण गर्ने टोलीमा विश्व विद्यालय खेलकुद संघ नेपाल (उसान)का अध्यक्ष ज्ञानेन्द्र पौडेल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डिन प्रा.डा. अनिलकुमार पोखरेल, बोर्ड सदस्य अशोक श्रेष्ठ र हेड अफ डेलिगेट्समा संघका महासचिव पूर्णसिंह बोहरालयात ८ पदाधिकारीसहित २३ जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा विश्वका एक सय ५१ राष्ट्रका ८ हजार ५ सय खेलाडीको सहभागिता रहने संघले जानकारी गराएको छ ।

कार्यक्रममा एभिएम स्कुलका प्राधानाध्यापिका सुजीता मानन्धर, मदन भण्डारी स्पोर्टस एकेडेमी ललितपुरका जिल्ला अध्यक्ष राजीभ बज्राचार्य, एभिएमका टेबल टेनिस प्रशिक्षक पुर्षोतम बज्राचार्य, ललितपुर महानगरपालिका वडा नं. २० का सल्लाहकार अजय जोशी, अग्रज खेल पत्रकार मदन आचार्य र अतिथि राजन कर्माचार्यको उपस्थिति थियो ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH