काठमाडौं । इङ्ल्यान्ड अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलसँग ३-१ ले पराजित भएको छ । इङ्ल्यान्डको पुरुष टोलीले पहिलो पटक अफ्रिकी राष्ट्रसँग हार बेहोरेको हो ।
सेनेगललाई जित दिलाउन स्माइला सार, हबिब डियरा र शेख सबालीले गोल गरे । इङ्ल्यान्डका लागि कप्तान ह्यारी केनले गोल गरे ।
मंगलबार सिटी ग्राउन्डमा घरेलु टोली इङ्ल्यान्डले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।
खेलको सातौं मिनेटमै केनले इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा सारले सेनेगललाई बराबरीमा ल्याए ।
डायराले ६२औ मिनेटमा गोल गर्दा सेनेगल २-१ ले अगाडि बढ्यो । इन्जरी समयमा सबालीले गोल गर्दै सेनेगललाई ३-१ को पुनरागमन जित दिलाए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3