असार १७, २०८२ मंगलबार | २०:३३:३३
पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध

भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । साबिक विजेता नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा मंगलबार भुटानविरुद्ध २९८ रनको सानदार जित निकालेको छ ।

शतप्रतिशत जित निकालेको नेपाल चार खेलमा आठ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्यो । चारै खेलमा पराजित भुटान अंकविहिन रह्यो ।

यो समूहबाट सिंगापुर उपविजेताका रूपमा अगाडि बढ्यो ।  यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसिया तथा सिंगापुरले हङकङको सामना गर्नेछ ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा  नेपालले प्रस्तुत ३५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रनमै समेटियो ।

भुटानका लागि शेजाङ दावाले १४ र उगेन केल्जाङ चोपेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार तथा सुयो भट्टराई र सचिन भट्टले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५८ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १६८ रनको योगदान गरे । जोय थापाले ६७ बलमा सात चौकासहित अविजित ६१ रन बनाए ।

यसैगरी श्रीवान्स बजगाईँले ५२ बलमा पाँच चौकाको मद्दतले ५४ र सुगम बुढाथोकीले ३५ रन जोडे ।

रौनकले पाँचौं विकेटका लागि जोयसँग १७० तथा तेस्रो विकेटका लागि सुगमसँग ७२ रनको साझेदारी गरेका थिए । यसैगरी तेस्रो विकेटका लागि श्रीवान्स र सुगमबीच ९१ रनको साझेदारी भएको थियो ।

भुटानका लागि साङ्गे दोर्जीले तीन र जेन्जिङ लोडी जामत्शोले एक विकेट लिए । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3