असार १७, २०८२ मंगलबार | २१:५६:४९
जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य

कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन

गुल्शनकुमा झा (बायाँ), फाइल तस्विर ।

काठमाडौं । कर्णाली याक्सले  नेपाल  प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि नेपाल राष्ट्रिय टोलीका अलराउन्डर गुल्शनकुमार झा र बलर नन्दन यादवसहित ६ खेलाडी रिटेन गरेको छ ।

मंगलबार टाेलीले गुल्शन र नन्दनसँगै विपिन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिसविक्रम ठकुरीलाई रिटेन गरेको कर्णाली याक्स स्पोर्टस प्रालीका निर्देशक गृहेन्द्र घिमिरेले बताए ।

‘पहिलो संस्करणमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा हामीले ६ खेलाडीलाई विश्वास गरेको हौं,’ निर्देशक घिमिरेले भने, ‘हाम्रो केही खेलाडी कर्णाली प्रदेशको प्रतिनिधित्व पनि गरेका छन् ।’

हालै गुल्शन र नन्दनले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै स्कटल्यान्डमा भएको आइसिसी पुरुष विश्वकप लिग-२ खेलेका थिए । यस्तै, कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट उदाएका विपिन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)कै उदयीमान खेलाडी घोषित भएका थिए । विपिन अहिले नेपाल यु-१६ टिमको कप्तान हुन् । अर्जुन, दीपेन्द्र र युनिस भने  कर्णाली प्रदेशको लागि खेल्दै आएका छन् ।

यस्तै, कर्णाली याक्सले देव खनाल, भुवन कार्की, मौसम ढकाल, रित गौतम र दीपक डुम्रेलाई रिलिज गरेको छ । ‘उहाँहरुलाई पनि टिममै राख्ने चाहना थियो । तर, प्रतियोगिताको नियमावलीका कारण विदाई गर्नुपर्ने अवस्था आयो,’  घिमिरेले भनेका छन् ।

कर्णाली याक्सले सोमबार नै मार्कीमा अलराउन्डर सोमपाल कामीलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3