काठमाडौं । रौनक श्रीवास्तवको शतकप्रेरित नेपालले एसिसी यु १६ इस्ट जोन कपमा भुटानसामु ३५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५८ रनको योगफल तयार पार्यो ।
नेपालका लागि रौनकले १३२ बलमा १६ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १६८ रनको योगदान गरे । जोय थापाले ६७ बलमा सात चौकासहित अविजित ६१ रन बनाए ।
यसैगरी श्रीवान्स बजगाईँले ५२ बलमा पाँच चौकाको मद्दतले ५४ र सुगम बुढाथोकीले ३५ रन जोडे ।
रौनकले पाँचौं विकेटका लागि जोयसँग १७० तथा तेस्रो विकेटका लागि सुगमसँग ७२ रनको साझेदारी गरेका थिए । यसैगरी तेस्रो विकेटका लागि श्रीवान्स र सुगमबीच ९१ रनको साझेदारी भएको थियो ।
भुटानका लागि साङ्गे दोर्जीले तीन र जेन्जिङ लोडी जामत्शोले एक विकेट लिए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3