काठमाडौं । कृषि विकास बैंक १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलको पुरुष र महिला दुवैतर्फ उपाधि नजिक पुगेको छ ।
टोखास्थित ग्रान्डी स्पोर्टस सेन्टरमा मंगलबार पुरुषको सेमिफाइनलमा कृषिले नेपाल वायुसेवा निगमलाई १-० ले पराजित गर्यो । फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ को सामना गर्नेछन् ।
अर्को सेमिफाइनलमा नागरिक उड्डयनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २-१ ले हरायो ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा जारी प्रतियोगिताको महिलातर्फ लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो । चार खेलमा तीन जित र एक बराबरी खेलेको कृषिले १० अंक जोड्यो ।
कृषिले उपाधिका लागि नेपाल बैंक लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल बैंक समान दुई जित र बराबरीको नतिजा निकाल्दै आठ अंकका साथ उपविजेता बन्यो ।
फाइनल बुधबार हुनेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
