चैत्र ४, २०८१ सोमबार | २३:५६:१४
क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित

सेनेगलका पापे डियाकिटे ललितपुरमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को  फ्रेन्चाइज क्लब ललितपुर सिटी एफसीले सेनेगलका रक्षक पापे अब्दुलाये डियाकिटेलाई अनुबन्ध गरेको छ।

साबिक विजेता ललितपुरले एनएसएलको तेस्रो संस्करणका लागि डियाकिटेसँग सम्झौता गरिएको जानकारी दियो । उनी सोमबार नेपाल आइपुगेका छन् ।

डियाकिटेसँग सेनेगल, स्लोभाकिया, बेल्जियम, अमेरिका, थाइल्यान्ड, भियतनाम, मलेसिया र भारतमा खेलेको अनुभव छ । उनले गत सिजन क्यालिकट एफसीबाट भारतको सुपर सुपर केरला लिग खेलेका थिए ।

उनी ललितपुरमा अनुबन्ध हुने पाँचौं विदेशी खेलाडी हुन् । यसअघि क्लबले फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसलाई रिटेन गर्दा हाइटीका विंगर केर्भेन्स बेलफोर्ट, भुटानी स्ट्राइकर चेन्चो ग्याल्ट्सेन र प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्तिल्लानालाई अनुबन्ध गरेको थियो ।

राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको ललितपुरले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ बाट सुरु हुँदैछ छ । लिलिपुरले उद्घाटन खेलमा काठमाडौं रेजर्सको सामना गर्नेछ ।

यसपल्ट यी दुईसँगै झापा एफसी, एफसी चितवन, एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR