चैत्र ५, २०८१ मंगलबार | ०१:२७:३७
क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित

विभागीय डर्बीमा आर्मी विजयी

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपिएफ क्लबविरुद्ध तीन विकेटको जित दर्ता गरेको छ ।

जितसँगै आर्मीले पाँच खेलमा १० अंक जोडेको छ । पराजित एपिएफको समान खेलबाट ६ अंक छ । 

भैरहवाको एक्ट्राटेक ओभलमा एपिएफले प्रस्तुत गरेको १४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि कुशल मल्लले अविजित ३१, विवेक यादवले २६, सोमपाल कामीले अविजित २२, बसिर अहमदले १३ र इम्रान शेखले ११ रन बनाए । 

सातौं विकेटका लागि कुशल र सोमपालले अविजित ५८ रनको साझेदारी गरे । एपिएफका लागि कमलसिंह ऐरी, अमरसिंह रौटेला र कप्तान रोहितकुमार पौडेलले समान दुई तथा किशोर महतोले एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि सन्दीप जोराले ९१ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी अमरसिंह रौटेला, भुवन कार्की र किशोर महतोले समान ११ रन बनाए ।

आर्मीका लागि आकाश चन्दले चार, सोमपाल कामीले तीन, शहाब आलमले दुई र बसिर अहमदले एक विकेट लिए । 


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR