आश्विन १, २०८१ मंगलबार | ०१:०१:१३
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

पोचुर्गलबाट युरो जित्नु विश्वकप जित्नु बराबर होः रोनाल्डो

क्रोएसियाविरुद्ध क्रिस्टियानो रोनाल्डो ।

काठमाडौं । क्रोएसियालाई २-१ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिग २०२४-२५ को सुखद सुरुआत गरेको छ ।

गएराति राजधानी लिसबनमा पोर्चुगलले युइएफए नेसन्स लिग २०२४-२५ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्यो ।

पहिलो संस्करणको च्याम्पियन पोर्चुगललाई जित दिलाउन रक्षक डियोगो डालोट र कप्तान क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । क्रोएसियाले एक गोल डालोटको आत्मघाती गोलमा फर्काएको हो । खेलका सबै गोल पहिलो हाफमा भएका हुन् ।

रोनाल्डोका लागि क्रोएसियाविरुद्धको गोल केही खास रह्यो । खेलको ३४औं मिनेटमा उनले रक्षक नुनो मेन्डेसको थ्रु पासलाई सदुपयोग गर्दै वान टचमा सुन्दर गोल गरेका थिए । यो उनको लामो व्यावसायिक करिअरको ९००औं गोल थियो ।

क्रोएसियाविरुद्ध जित हासिल गरेपछि खुसियाली मनाउँदै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । 

ऐतिहासिक सफलतापछि रोनाल्डोले यस्तो विवादास्पद अभिव्यक्ति दिए, जसले मेसी समर्थक चिडिएका छन् ।

खेलपछि रोनाल्डोलाई भावी लक्ष्यका बारेमा प्रश्न सोधिएको थियो । जुन पोर्चुगल, उनी र विश्वकपप्रति लक्षित थियो । जसमा रोनाल्डोले यस्तो अभिव्यक्ति दिए, ‘मैले मेरो राष्ट्रका लागि दुई महत्वपूर्ण उपाधि जितिसकेँ । पोर्चुगलले युरो जित्नु विश्वकप जित्नु बराबर हो ।’

‘म फुटबलमा अहिले पनि रमाइरहेको छु । म रेकर्ड तोड्दिन, उसले नै मलाई पछ्याउँछ । मैले यो ९०० गोलका लागि दिनरात मिहिनेत गरेको छु,’ अल नसारका फरवार्डले थपे ।

विश्वकप लक्षित यस्तो अभिव्यक्तिले मेसी समर्थकहरु रिसाएका छन् । सामाजिक सञ्जालमा उनीहरुले रोनाल्डोको मजाक उडाइरहेका छन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024