पुस ५, २०८२ आइतबार | १०:१४:००
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

होरा इ-स्पार्टसलाई पब्जी मोबाईलको उपाधि

काठमाडौं । होरा इ-स्पोर्टसले इशान दोस्रो इ-स्पोर्टस राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ ।

हाेराले १५ टोलीलाई पछि पार्याे । च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्यो । यस्तै दाई इ-स्पोर्टस, होइन इ-स्पोर्टस, डिआरएस गेमिङ, यल ड्रागन इ-स्पोर्टस, जुट्टी इ- स्पोर्टस, फोर डेथ मेसिन, नेप्क्सर सोल्टी स्क्वाड क्रमशः तेस्रो देखि १०औं स्थामा रहे ।

जसमा विजेता होराले २ लाख ५० हजार र ट्रफी प्राप्त गर्यो । यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाईले १ लाख २० हजार पाए । 

अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए । होरा इ-स्पोर्टसका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले १० हजार  रुपैयाँ प्राप्त गरे ।  

यस्तै हुमिङ बर्डलाई पराजित गर्दै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो ।  विजेता औराले १ लाख ८२ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार रुपैयाँ पायो ।

ला फिएर्टे, ट्रस्ट दि प्रोसेस, एलिसिउम, हार्बिनगर्स, आरएसजी कोज्जा इ-स्पोर्टस र डाँफे इ-स्पोर्टस  क्रमशः तेस्रोदेखि आठौं स्थानमा रहे ।  यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे । एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो । च्याम्पियन कीर्तिपुरले १ लाख ५ हजार र ट्रफी प्राप्त गर्यो । यो स्पर्धामा स्नेक, एभेन्जर्स, डोटा टु  तेनजिकु ग्याङ, वन लास्ट राइड , केइकेडब्लु, ढेडुस  र राजेस हमाल इज ब्याक दोस्रोदेखि आठौं स्थानमा रहे । ।

भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो । च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त गर्यो । भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो । भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे ।

भालोरेन्टमा कृउ एक्स, ओल्ड जिन्स, ब्रिटिस कलेज, कपिलवस्तु र बत्ती बल्यो तेस्रोदेखि आठौं स्थानमा रहे ।

डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

इ-फुटबलको उपाधि हृजवान श्रेष्ठले जिते । उनले द ९० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धिबहादुर भट्टराई तेस्रो, सन्दिप गोले तामाङ चौथो भए ।

कस प्लेमा रिमा बिशान्की पहिलो भइन् । गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र इशान श्रेष्ठ पाँचौ स्थानमा रहे  ।

इ-स्पोर्टस संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद माधव सापकोटा, राखेप पूर्व उपाध्यक्ष शिव कोईराला, इशान अध्यक्ष अन्जन धमला लगायतले पुरस्कृत गरेका थिए ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I