चैत्र १५, २०८२ आइतबार | १७:३०:४८
गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य

होरा इ-स्पार्टसलाई पब्जी मोबाईलको उपाधि

काठमाडौं । होरा इ-स्पोर्टसले इशान दोस्रो इ-स्पोर्टस राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ ।

हाेराले १५ टोलीलाई पछि पार्याे । च्याम्पियन होराले १२२ अंक जोड्दा दोस्रो भएको टि टु के एक अंकले पछि पर्यो । यस्तै दाई इ-स्पोर्टस, होइन इ-स्पोर्टस, डिआरएस गेमिङ, यल ड्रागन इ-स्पोर्टस, जुट्टी इ- स्पोर्टस, फोर डेथ मेसिन, नेप्क्सर सोल्टी स्क्वाड क्रमशः तेस्रो देखि १०औं स्थामा रहे ।

जसमा विजेता होराले २ लाख ५० हजार र ट्रफी प्राप्त गर्यो । यस्तै दोस्रो भएको टि टु केले १ लाख ८० हजार तथा तेस्रो भएको दाईले १ लाख २० हजार पाए । 

अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाएका थिए । होरा इ-स्पोर्टसका स्काई होरा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । उनले १० हजार  रुपैयाँ प्राप्त गरे ।  

यस्तै हुमिङ बर्डलाई पराजित गर्दै मोबाइल लेजेण्ड ब्याङ ब्याङको उपाधि औराले जित्यो ।  विजेता औराले १ लाख ८२ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता हमिङ बर्डले १ लाख ४ हजार रुपैयाँ पायो ।

ला फिएर्टे, ट्रस्ट दि प्रोसेस, एलिसिउम, हार्बिनगर्स, आरएसजी कोज्जा इ-स्पोर्टस र डाँफे इ-स्पोर्टस  क्रमशः तेस्रोदेखि आठौं स्थानमा रहे ।  यस विधामा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गरे । एमएलबीबीमा औराका भोइड मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

यसैगरी डोटा टुको उपाधि कीर्तिपुरले जित्यो । च्याम्पियन कीर्तिपुरले १ लाख ५ हजार र ट्रफी प्राप्त गर्यो । यो स्पर्धामा स्नेक, एभेन्जर्स, डोटा टु  तेनजिकु ग्याङ, वन लास्ट राइड , केइकेडब्लु, ढेडुस  र राजेस हमाल इज ब्याक दोस्रोदेखि आठौं स्थानमा रहे । ।

भालोरेन्टको उपाधि नो टक वन्ली किलले जित्यो । च्याम्पियन नो टक ओन्ली किलले पनि १ लाख ५ हजार प्राप्त गर्यो । भालोरेन्टमा काल्म डाउन दोस्रो र अर्केन तेस्रो भयो । भालोरेन्ट र डोटा टु दुवैमा दोस्रोले समान ६० हजार र तेस्रोले समान ४५ हजार प्राप्त गरे ।

भालोरेन्टमा कृउ एक्स, ओल्ड जिन्स, ब्रिटिस कलेज, कपिलवस्तु र बत्ती बल्यो तेस्रोदेखि आठौं स्थानमा रहे ।

डोटा टु मा टिम कीर्तिपुरका लक्षय तामाङ तथा भालोरेन्टमा नो टक वन्ली किलका रियाल सिंह मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

इ-फुटबलको उपाधि हृजवान श्रेष्ठले जिते । उनले द ९० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । यस्तै स्वप्निल अधिकारी दोस्रो, बुद्धिबहादुर भट्टराई तेस्रो, सन्दिप गोले तामाङ चौथो भए ।

कस प्लेमा रिमा बिशान्की पहिलो भइन् । गुन्जेस श्रेष्ठ दोस्रो, रोनि सुब्बा तेस्रो, लासेवा सुब्बा चौथो र इशान श्रेष्ठ पाँचौ स्थानमा रहे  ।

इ-स्पोर्टस संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद माधव सापकोटा, राखेप पूर्व उपाध्यक्ष शिव कोईराला, इशान अध्यक्ष अन्जन धमला लगायतले पुरस्कृत गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो