काठमाडौं । नेपालको होरा इस्पोर्टसले साउदी अरेबियामा सम्पन्न पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गरेको छ ।
फाइनल स्टेजमा होराले समग्रमा १८ खेलमा १०० अंक जोड्यो । फाइनल स्टेजमा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
यस जितसँगै होराले ग्रुप स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानको ६० हजार डलर गरी कूल १ लाख २७ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ ।
गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजमा होरा १३औं स्थान हासिल गरेपछि होराले सीधै फाइनल राउन्ड खेल्न पाएको थिएन ।
लिग चरणमा शीर्ष ८ मा नपरेपछि होराले सर्भाइभल स्टेज जितेर फाइनल यात्रा तय गरेको थियो । सर्भाइभल स्टेजका शीर्ष आठ टोली टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।
पब्जी मोबाइल विश्वकपको उपाधि भने म्यानमारको वाइजी इस्पोर्टस जित्यो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
