चैत्र १४, २०८२ शनिबार | २३:२१:४४
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य

काठमाडौं । आजबाट सुरु भएको इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स जितका लागि २०२ रनको लक्ष्य दिएको छ ।

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार गर्यो ।

हैदराबादका लागि कप्तान इशान किशनले सर्वाधिक रुपमा ८० रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गरे । कप्तान इशानले शतकीय पारी खेले पनि हैदराबादको सुरुवात भने राम्रो हुन सकेको थिएन । हैदराबादले पावर प्लेमा नै ३ महत्वपुर्ण विकेट गुमाएको थियो ।

चौथो विकेटका लागि कप्तान इशानसँग मिलेर हेनरिक क्लासेनले ९७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्याए । क्लासेन २२ बलमा ३१ रनमा आउट भए । साहिल अरोरा ९ तथा हर्ष दुवे ३ रनमा आउट हुँदा अनिकित बर्मा ४३ रनमा आउट भए । १७ बलको सामना गरेका अनिकितले ३ चौका र ४ छक्का प्रहार गरे । ओपनर अभिषेक शर्मालाई ७ रनमा गुमाएको हैदराबादका ट्रभिस हेड ११ रनमा आउट भएका थिए ।

बेंगलुरुका लागि ज्याकोब डफी र रोमारियो शेफर्डले समान ३ विकेट आफ्नो नाममा गरे । भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयस शर्माले समान १ विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो