चैत्र १५, २०८२ आइतबार | १७:३२:०८
गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य

इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप: अन्तिम चारणका प्रतिस्पर्धीकाे टुंगो लाग्यो

काठमाडौं । इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहको टुंगोे लागेको छ ।

प्रतियोगिताको दोस्रो संस्करणमा पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टु, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा हुनेछ ।

आयोजकले इ-स्पोर्टस संघ नेपाल (इसान) ले छनोट चरण, समूह चरण र प्लेअफमार्फत अन्तिम चरणका प्रतिस्पर्धीको टुगो लगाएको हो । जसअनुसार पब्जी मोइबलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

पब्जीको अन्तिम चरणमा लियो इस्पोर्टस, डिआरएस गेमिङ, रोएल गुर्खाज इस्पोर्टस, टि टु के इस्पोर्टस, रोयल ड्रागन इ स्पोर्टस, हइन इस्पोर्टस, फोर योन्को लक्की क्याट, ड्रिम टु डेस्टिनेसन, ट्राइब एरोमेसी, आरसी ३२ इस्पोर्टस, फोर डेथ मेसिन, सोल्टी स्क्वाड, दाई इस्पोर्टस, नेप्क्स, जुट्टी स्क्वाड र फ्युचर एलिएन्सले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै मोबाइल लेजेण्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस विधामा हमिङ बर्ड्स र औराले प्रतिस्पर्धा गर्नेछन् । यता भ्यालोरेन्ट र डोटा टु मा समान तीन टिम अन्तिम चरणका लागि छनोट भएका छन् । डोटा टु मा कीर्तिपुर, स्नेक हारु र एभेन्जर्स तथा भालोरेन्टमा नो टक ओनली किल, अरकान र काल्म डाउने  प्रतिस्पर्धा गर्नेछन् ।

इ-फुटबलमा १६ खेलाडी छनोट भएका छन् । यो विधाको अन्तिम चरणमा राजेश बिसी, आशुतोष विक्रम कार्की, प्रियम मगर, हृज्वान श्रेष्ठ, स्वप्निल अधिकारी, अनिश श्रेष्ठ, बुद्धि बहादुर भट्टराई, सन्दिप गोले तामाङ, निमेश श्रेष्ठ, उदिप महर्जन, सन्देश थापा, वियज लामा तामाङ, अमन रायमाझी, दावा नोर्बुशेर्पा, विशाल राई र  दिपक भट्टराई छन् ।

फ्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेका थिए । उनीहरू ल्यान इभेन्टमा खेल्नेछन् ।

इ-फुटबलमा २ हजार ५१९ जनाले नाम दर्ता गराएका थिए भने पब्जी मोबाइलमा १ हजार ३९ , मोबाइल लेजेण्ड्समा २८१, भारोलेरेन्टमा ६६ र डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका थिए ।

छनोट र प्लेअफका खेल अनलाइनमार्फत गराएको आयोजकले अन्तिम चरणको खेल भने मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) गर्दैछ ।

च्याम्पियनसिपको अन्तिम चरणको फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिनेछ । यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।

च्याम्पियनसिपको कुल पुरस्कार राशी २५ लाख छ । जसबाट ६ विधाको विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरिनेछ ।

पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रूपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् । यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार रुपैयाँ तथा अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभिपीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । 
यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख ४ हजार पाउनेछन् । यसमा शीर्ष ८ मा रहने तथा  एमभिपीले पनि नगद पुरस्कार पाउनेछन् ।

भ्यालोरेन्टमा ३ लाख, इ-फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ ।

भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इफुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार रुपैयाँ पाउने छन् ।

भ्यालोरेन्ट र डोटा टुका शीर्ष आठ तथा इ फुटबल र कसप्लेमामा शीर्ष चार टोलीले पनि नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो