पुस ५, २०८२ आइतबार | १०:०९:३३
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप: अन्तिम चारणका प्रतिस्पर्धीकाे टुंगो लाग्यो

काठमाडौं । इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहको टुंगोे लागेको छ ।

प्रतियोगिताको दोस्रो संस्करणमा पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टु, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा हुनेछ ।

आयोजकले इ-स्पोर्टस संघ नेपाल (इसान) ले छनोट चरण, समूह चरण र प्लेअफमार्फत अन्तिम चरणका प्रतिस्पर्धीको टुगो लगाएको हो । जसअनुसार पब्जी मोइबलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

पब्जीको अन्तिम चरणमा लियो इस्पोर्टस, डिआरएस गेमिङ, रोएल गुर्खाज इस्पोर्टस, टि टु के इस्पोर्टस, रोयल ड्रागन इ स्पोर्टस, हइन इस्पोर्टस, फोर योन्को लक्की क्याट, ड्रिम टु डेस्टिनेसन, ट्राइब एरोमेसी, आरसी ३२ इस्पोर्टस, फोर डेथ मेसिन, सोल्टी स्क्वाड, दाई इस्पोर्टस, नेप्क्स, जुट्टी स्क्वाड र फ्युचर एलिएन्सले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै मोबाइल लेजेण्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस विधामा हमिङ बर्ड्स र औराले प्रतिस्पर्धा गर्नेछन् । यता भ्यालोरेन्ट र डोटा टु मा समान तीन टिम अन्तिम चरणका लागि छनोट भएका छन् । डोटा टु मा कीर्तिपुर, स्नेक हारु र एभेन्जर्स तथा भालोरेन्टमा नो टक ओनली किल, अरकान र काल्म डाउने  प्रतिस्पर्धा गर्नेछन् ।

इ-फुटबलमा १६ खेलाडी छनोट भएका छन् । यो विधाको अन्तिम चरणमा राजेश बिसी, आशुतोष विक्रम कार्की, प्रियम मगर, हृज्वान श्रेष्ठ, स्वप्निल अधिकारी, अनिश श्रेष्ठ, बुद्धि बहादुर भट्टराई, सन्दिप गोले तामाङ, निमेश श्रेष्ठ, उदिप महर्जन, सन्देश थापा, वियज लामा तामाङ, अमन रायमाझी, दावा नोर्बुशेर्पा, विशाल राई र  दिपक भट्टराई छन् ।

फ्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेका थिए । उनीहरू ल्यान इभेन्टमा खेल्नेछन् ।

इ-फुटबलमा २ हजार ५१९ जनाले नाम दर्ता गराएका थिए भने पब्जी मोबाइलमा १ हजार ३९ , मोबाइल लेजेण्ड्समा २८१, भारोलेरेन्टमा ६६ र डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका थिए ।

छनोट र प्लेअफका खेल अनलाइनमार्फत गराएको आयोजकले अन्तिम चरणको खेल भने मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) गर्दैछ ।

च्याम्पियनसिपको अन्तिम चरणको फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिनेछ । यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।

च्याम्पियनसिपको कुल पुरस्कार राशी २५ लाख छ । जसबाट ६ विधाको विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरिनेछ ।

पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रूपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् । यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार रुपैयाँ तथा अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभिपीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । 
यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख ४ हजार पाउनेछन् । यसमा शीर्ष ८ मा रहने तथा  एमभिपीले पनि नगद पुरस्कार पाउनेछन् ।

भ्यालोरेन्टमा ३ लाख, इ-फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ ।

भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इफुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार रुपैयाँ पाउने छन् ।

भ्यालोरेन्ट र डोटा टुका शीर्ष आठ तथा इ फुटबल र कसप्लेमामा शीर्ष चार टोलीले पनि नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I