चैत्र १५, २०८२ आइतबार | १७:३२:०८
गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य

इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता

काठमाडौं ।  इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् ।

नेपाल इ-स्पोर्टस संघ (इसान) को आयोजनामा हुन लागेको च्याम्पियनसिपको दोस्रो संस्करणमा ६ विधा समावेश छ ।  च्याम्पियनसिपमा पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेन्ड्स, डोटा टु, भ्यालोरेन्ट र कस प्लेमा प्रतिस्पर्धा गराइनेछ ।

इ-फुटबलमा २ हजार ५१९ जना तथा पब्जी मोबाइलमा १ हजार ३९, मोबाइल लेजेन्ड्समा २८१, भारोलेरेन्टमा ६६ , डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन् । यसैगरी कस प्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ ।

च्याम्पियनसिपको क्वालिफायर राउन्डका खेलहरू माघ १४ देखि १८ गतेसम्म हुनछ । यसैगरी समूह चरण र प्लेअफका खेलहरु माघ २० देखि फागुन २ गतेसम्म खेलाइने छ । क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा हुनेछ ।

यसैगरी च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रुपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ ।

अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी रहने छन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । यसैगरी मोबाइल लेजेण्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन् । यसमा हरेक टिममा ५ जना खेलाडी तथा समान १ अतितिरक्त खेलाडी तथा  म्यानेजर हुनेछन् ।

इ-फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा ४–४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरूले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउने छन् ।

जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।

पब्जी मोबाइलका विजेताले २ लाख ५० हजार उपविजेताले १ लाख ८० हजार तथा तेस्रो हुनेले १ लाख २० हजार पाउनेछन्  । यसैगरी अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिम र सर्वोकृष्ट खेलाडीलाई पनि जगर पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै मोबाइल लेजेन्ड्सको विजेताले १ लाख ८२ हजार तथा उपविजेताले १ लाख ४ हजार पाउनेछन् ।  यसैगरी यसमा शीर्ष ८ र सर्वोकृष्ट खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन् ।

यता भ्यालोरेन्ट र डोटा टुका विजेताले समान १ लाख ५ हजार  इ फुटबलका विजेताले ९० हजार र कस प्लेका विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भ्यालोरेन्ट र डोटा टुका शीर्ष ८ तथा इ फुटबल र कसप्लेमाका शीर्ष ४ ले नगद पुरस्कार पाउनेछन् । यस्तै मोस्ट पपुलर कस प्लेयरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो