पुस ५, २०८२ आइतबार | १०:०८:१४
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता

काठमाडौं ।  इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् ।

नेपाल इ-स्पोर्टस संघ (इसान) को आयोजनामा हुन लागेको च्याम्पियनसिपको दोस्रो संस्करणमा ६ विधा समावेश छ ।  च्याम्पियनसिपमा पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेन्ड्स, डोटा टु, भ्यालोरेन्ट र कस प्लेमा प्रतिस्पर्धा गराइनेछ ।

इ-फुटबलमा २ हजार ५१९ जना तथा पब्जी मोबाइलमा १ हजार ३९, मोबाइल लेजेन्ड्समा २८१, भारोलेरेन्टमा ६६ , डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन् । यसैगरी कस प्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ ।

च्याम्पियनसिपको क्वालिफायर राउन्डका खेलहरू माघ १४ देखि १८ गतेसम्म हुनछ । यसैगरी समूह चरण र प्लेअफका खेलहरु माघ २० देखि फागुन २ गतेसम्म खेलाइने छ । क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा हुनेछ ।

यसैगरी च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रुपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ ।

अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी रहने छन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । यसैगरी मोबाइल लेजेण्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन् । यसमा हरेक टिममा ५ जना खेलाडी तथा समान १ अतितिरक्त खेलाडी तथा  म्यानेजर हुनेछन् ।

इ-फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा ४–४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरूले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउने छन् ।

जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।

पब्जी मोबाइलका विजेताले २ लाख ५० हजार उपविजेताले १ लाख ८० हजार तथा तेस्रो हुनेले १ लाख २० हजार पाउनेछन्  । यसैगरी अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिम र सर्वोकृष्ट खेलाडीलाई पनि जगर पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै मोबाइल लेजेन्ड्सको विजेताले १ लाख ८२ हजार तथा उपविजेताले १ लाख ४ हजार पाउनेछन् ।  यसैगरी यसमा शीर्ष ८ र सर्वोकृष्ट खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन् ।

यता भ्यालोरेन्ट र डोटा टुका विजेताले समान १ लाख ५ हजार  इ फुटबलका विजेताले ९० हजार र कस प्लेका विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भ्यालोरेन्ट र डोटा टुका शीर्ष ८ तथा इ फुटबल र कसप्लेमाका शीर्ष ४ ले नगद पुरस्कार पाउनेछन् । यस्तै मोस्ट पपुलर कस प्लेयरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I