चैत्र १५, २०८२ आइतबार | १७:३०:५०
गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य

इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने

प्रतियोगिता आयोजनाका लागि सम्झौता हुँदैछ ।

 काठमाडौं । इ-स्पोर्टस संघ नेपाल (इशान)को वार्षिक क्यालेन्डर अनुसार दोस्रो इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी फागुन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गरायो ।

च्याम्पियनसिपमा इ-फुटबल, मोबाइल लिजेन्ड्स, पब्जी मोबाइल, डोटा टु, भ्यालोरेन्ट र कस प्ले गरि ६ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाइनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा काठमाडौंको दशरथ रंगशालमा हुने इशानले जनाएको छ ।

अन्तिम चरणमा इ फुटबलमा आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेन्ड्स दुई, डोटा टु र भ्यालोरेन्टमा पनि समान चार खेलाडी अन्तिम चरणमा सहभागी हुनेछन् ।

इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाई अनलिमेटेडकासँग तीन वर्षको सम्झौता गरेको छ । सम्झौताअनुसार स्पलाई अनलिमेटेडअन्तर्गत रहेको नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ ।

इशानका अध्यक्ष धमलाले इ-स्पोर्टस विकासमा नेपाल प्लेजसँगको सहकार्यले फाइदा भन्दै लामो समयसम्म सहकार्य गर्दै खेलको विकासमा अघि बढ्ने बताए ।

नेपाल प्लेजका  एमडी उज्जेनलाल श्रेष्ठले नेपाली इ-स्पोर्टस  इतिहासमै यो कोशेढुंगा सावित हुने बताए ।

च्याम्पियनसिपको कूल पुरस्कार राशी ९प्राइज पुल० २५ लाख रहेको छ । इशानका महासचिव पवन कार्कीले यो नेपाली  इ-स्पोर्टस कै सर्वाधिक पुरस्कार राशी रहेको बताए । यसैबाट ६ विधाका विजेता  र उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।

च्याम्पियनसिपमा सहभगि हुन चाहने खेलाडीहरुले पुस २० गतेदेखि खल्ती एपबाट नाम दर्ता गराउने सक्नेछन् । नाम दर्ता निःशूल्क छ ।

च्याम्पियनसिपका लागि कूल बजेट ३ करोड ७० लाख रहेको उज्जेनलाल श्रेष्ठले जानकारी दिए । उक्त बजेट विभिन्न प्रायोजकबाट उठाउने उनले बताए ।

च्याम्पियनसिपका लागि इशानले चलचित्रकर्मी तथा इ–गेमिङका प्रवर्धक समेत रहेका निश्चल बस्नेतलाई एम्बासडर बनाएको छ । पत्रकार सम्मेलनकै अवसरमा इशानले बस्नेतलाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक गरेको थियो ।

ब्राण्ड एम्बासडर बनेपछि निश्चलले ईस्पोट्र्स खेल मात्र नभएर राष्ट्रलाई नै प्रतिनिधित्व गर्ने भएकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

इशानले संघ स्थापना भएको तेस्रो महिनमै गत पुसमा सुर्खेतमा इ-स्पोर्टसको पहिलो राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो